१२ कार्तिक २०८३, बुधबार

 

सुचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड

नागरिकलाई सुचनाबाट सुसुचित गराउन सुचनाको हक कार्यान्वयनमा ल्याउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । नेपाल पत्रकार महासघं बागलुङको आयोजना र राष्ट्रिय सुचना आयोगको सहकार्यमा सुचनाको हक ljषयक अन्तर सम्वाद कार्यक्रममा बोल्दै सहभागीले सुचनाको हक जनताको मौलिक हकको रुपमा स्थापित हुनुपर्नेमा जोड दिएका छ ।

उनीहरुले संबिधानमा सुचनाको हक सुनिश्चीत गरेपनि सर्वसाधारण नागरिकको पहुचसम्म अझै सुचना सहज रुपमा पुग्न नसकेको बताएका छन । सुचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सबै जिम्मेवार बन्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन । पारदर्शिता, सुशासन, जवाफदेहिता र शसक्तिकरणका लागि सुचनाको हकलाई सबैले आत्मसाथ गर्नुपर्ने सहभागीको भनाइ छ ।

सहभागीले यस बिषयमा सबै सार्वजनिक निकायले कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन । तथ्यमा आधारित पत्रकारिताले मात्र सुचनाको हक लागृु गर्न थप सहयोग पुग्ने उनीहरुको भनाइ छ । पत्रकारितालाई व्यवसायीक र मर्यादित बनाउदै सुचनालाई प्रभावकारी ढंगले अगाडि बढाउन सक्नुपर्नेमा जोड दिईएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले हरेक क्षेत्रमा सुचना विना विकासले फडको मार्न नसक्ने हुदा यसलाई सबैले कार्यान्वयमा ल्याउनुपर्ने बताउनुभयो । उहाले सुचना पाउनु हरेक नागरिकको अधिकार भएकोले यसलाई कार्यान्वयमा ल्याउन सरकारी कार्यालयको तर्फबाट आफु सधै लाग्ने बताउनुभयो ।

नागरिकलाई सुचना प्रदान गर्न पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेकोले सधै सहकार्य गरि अगाडि बढने धारणा उहाले व्यक्त गर्नुभयो
कार्यक्रममा प्रहरी उपरिक्षक दिपक रेग्मी,नेपाल बार एसोसियनका अध्यक्ष केशवराज पराजुली,नागरिक समाजका संयोजक काजिगाउ श्रेष्ठ,अन्तरपार्टि महिला संजालकी अध्यक्ष भविकला रोका,पत्रकार महासघंका पुर्व अध्यक्ष रामबहादुर थापा,नेपाल प्रेस यूनियनका उपाध्यक्ष प्रदिप पन्त,पत्रकार प्रकाश बराल,सुवाz आर्चायले आआफनो धारण राख्नुभएको थियो । पत्रकारमहासघंकाअध्यक्षदिश्रीसकोअध्यक्षता,कोषाध्यक्ष बिजय रानाको स्वागत र सचिव राम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung