१२ कार्तिक २०८३, बुधबार

 

प्रगतिशिल युवा क्लवले १ लाख ६९ हजार सहयोग मृतकको परिवारलाई हस्तान्तरण

केहि महिना अघि आफ्नै गाउमा आकस्मिक मृत्यू अवस्थामा भेटिएका ताराखोला गाउँपालिका वार्ड न ३ कांक्राखोरका धनबहादुर चुदाराको परिवार लाई आज एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण गरिएको छ ।
प्रगतिशील युवा परिवारले आर्थिक संकलन अभियान संचालन गरेको थियो । मृतकको परिवारको पारिवारिक स्थिति कमजोर हुनुका साथै उनका ९ बर्ष छोरा गणेश चुदाराको धेरै बर्ष देखी स्वास्थ्य स्थिति कम्जोर भएको र उपचार गर्न समेत समस्या भएको हुँदा प्रगतिशील युवा क्लबले घाउमा मलम लगाउने काम गरेको क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै समाजसेवि बलबहादुर घिमिरेले मानिसलाई समस्य पर्यो भनेर आत्तिनु हुदैन र धेरै गर्नु पर्छ भन्दै परिवारलाई सान्त्वना दिनुभएको थियो ।
त्यस्तै सहयोग अभियानका सदस्य एवम् वार्ड न । ३ का वार्ड सदस्य हेमन्त घिमिरेले मृतकका परिवारलाई रकम बच्चाको उपचारको लागी सदुपयोग गर्ने अनुरोध गर्दै समस्यहरु मा धैर्य गरेर अगाडि बढ्न अनुरोध गरेका थिए ।
सहयोग रकम कार्यक्रम जापानमा डम्बर घिमिरे र अनिल सापकोटाको पहलमा १ लाख २ हजार २ सय त्यस्तै काठमाडौमा आर्पी निउरे र नारायण घिमिरेको पहलमा ७ हजार ५ सय ६८ र रामपत्री टोल कांक्राखोरमा बाट ५९ हजार ८ सय ८७ संकलन भएको थियो प्रगतिशीलको पहलमा सहयोग रकम संकलन गरिएको थियो । जम्मा संकलित रकम १ लाख ६९ हजार ५ सय ५५ संकलित रकम मृतक धनबहादुर चुदाराको आमा बिष्णु चुदारा र श्रीमती कुमारी चुदारा लाई आम जनभेला कार्यक्रम बाट सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष एवं सहयोग अभियानका प्रमुख कर्णबहादुर भण्डारीले समाजमा हरेक ब्यक्तिलाई समस्या प्रदा समुदाय संगै मिलेर क्लबले सहयोग गरिरहेको बताए संगै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रम पत्रकार शान्त खत्री मौसमको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung