१२ कार्तिक २०८३, बुधबार

 

पहिरोले घर बगाउदा ३ जनाको मृत्यु

बागलुङ जिल्लाको बरेङ गाउपालिका वडा नम्बर १ मा अविरल बर्षाको कारण घर बगाउदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ ।

बरेङ गाउपालिका बरेङ १ लुरूङमा सोमबार राति परेको पानीले पहिरो आएर घर बगाउदा बिष्णु बहादुर क्षेत्री बिष्णुमाया क्षेत्री र ६ महिनाको छोरी सोनिया क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाढी संगै आएको पहिरोले घर गोठ बगाउदा ३ जनाको मृत्यु भएको अहिले घटना स्थलमा प्रहरीको टोली पुगेर उद्दार गरिरहेको प्रहरीले जनाएको छ । घर गोठ संगै १ वटा भैंसी ३० वटा कुरा पनि बगाएर मृत्यु भएको छ २ वटा बाख्रा लाई मात्रै जिउदै उद्दार गरेको छ ।

यस्तै बागलुङ कै जैमुनि नगरपालिका वडा नम्बर १० किटानीमा अबिर बर्षाले याम बहादुर थापाको गोठ बगाउदा २ वटा भैंसी मरेको छ । जिल्लाको धेरै ठाउँमा पानीले प्रभाब पारेपनि त्यसको विवरण भने आइपुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung