बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा विभिन्न स्थानमा साना तथा ठुला पहिरो गएको छ। हिजो बेलुकी देखि परेको अविरल वर्षाले पाण्डबखानीको सोरनेका दल बहादुर गलामिको गोठ पुर्णरुपमा क्षति हुदा १ भैंसी र ६ बाख्रा पुरिएरको छ। त्यस्तै गंगा बहादुर पुनको पनि गोठ परिएको र छन्त्याल जातिको कुल मन्दिर पनि पुरिएको जानकारी प्राप्त भएको छ।
लेङ्गुरे,गाइगाउ सुनपानी गैराभाटी लगाएत विभिन्न स्थानका बाटोहरु अवरुद्ध हुनुका साथै खाने पानी र सञ्चारबाट पनि बचिंत भएको छ।स्थानीयका अनुसार करोडौं को क्षति भएको जानकारी प्राप्त भएको छ।
त्यस्तै भर्खरै पलाउन र खान लागेको मकै सिमि पनि दलेको छ।बाटो अवरुद्ध हुदा यातायात तथा सर्वसाधारण आवात जावात गर्न निकै कठिनाइ परेकोछ।यसभन्दा ४० सालमा पनि पाण्डबखानीमा ठुलो धनमालको क्षति भएको बताउँछन्।अबरुद्ध भएको बाटो पन्छाउन अब करिब १ हप्ता भन्दा बढी लाग्ने भएको छ।अब साजिकै पाण्डबखानी असुक्षित हुने छ।



















































































































































































































