१२ कार्तिक २०८३, बुधबार

 

भकुण्डेमा चितुवा मृत अवस्थामा भेटियो

बागलुङ जिल्ला बागलुङ नगरपालिका १२ भकुण्डेमा भाले चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवा मृत फेला परेको थाहा पाए पछिस्थानीयले खबर गरे लगत्तै जिल्ला वन कार्यालयमा ल्याईको हो । चितुवाले गाउलेहरुले पालेका घर पालुवा जनवारहरु खादै गाउलेहरुलाई सताइरहेको स्थानीयहरुले बताएका छन् ।

जिल्ला वन कार्यालय बागलुङका वन अधिकृत विशाल घिमिरेले खबर पाएलगत्तै चितुवालाई जिल्ला बन कार्यालय ल्याइएको जानकारी दिनु भयो ।उक्त चितुवा पुच्छर सहित १ सय ९३ सेन्टीमिटर लामो चितुवाको ७५ सेन्टी मिटरको उचाई रहेको छ । चितुवालाई पोष्टमार्टम गरि विर्सजन गरिने जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गोपाल गिलिरे बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung