प्रदेश आम संचार नीति २०७५ माथि छलफल कार्यक्रम बारे धौलागरि अन्चलको सदरमुकाम बागलुङमा सम्पन्न भयो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ४ पोखराको आयोजनामा भएको छलफल कार्यक्रममा अहिले प्रदेशको आम संचार नीति किन आवश्यक पर्या भन्ने कुरा अहिले प्रमुख कुरा हो ।
अहिले प्रदेशको राजधानी समेत विबादास्पद नभएको कारणले अहिले प्रदेशको लागि संचार नीति आम निति हुने कार्यक्रममा सरोकारवालाले बताए । अहिले पनि यो वा त्यो नाममा मिडियामा विदेशी लगानी भित्रिन खोजिरहेको हुदा यसलाई अरू ब्यवसायमा जस्तो लगानी गर्न दिन नहुने धारणा राखेका थिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर ४ का निमित्त प्रमुख ध्रुव गिरिले आम संचारको विकाससंगै यसको गुणस्तर हुन जरुरी भएको वताए ।प्रदेशको कानूनसंगे बाझिन नहुने अहिले ल्याएको नीति त्यसैको सेरोफेरोमा रहेर काम अगाडि बढाएको गिरिले बताए ।
मिडियामा विदेशी लगानी गर्ने कुरालाई प्रदेशले गम्भीर रूपमा लिएको अहिलेलाई लगानी अरू उद्योग धन्दामा जस्तो सहज बनाउन सक्ने अवस्था अझै नभएको निमित्त प्रमुख गिरिले बताए ।अहिले भइरहेको अब्यवस्थित केवुल लाइनले शहरी सौन्दर्य बिगारेको कारणले यसलाई ब्यवस्थित गराउन सरकारले कडा कदम चालेको गिरिले बताए ।
आमसन्चार क्षेत्रमा ज्ञान सीप योग्यता र क्षमताले युक्त जनशक्ति ल्याउन सकेमात्र संचारको गुणस्तर बढेर जाने हुदा यसतर्फ ध्यान दिनुपर्ने छलफल कार्यक्रममा गिरिले बताए ।अहिले प्रदेश मन्त्रालयले आफै मिडिया संचालन गर्ने भन्दापनि खुलेका मिडायालाई प्रादेशिक करण गर्ने नीति बनाउनु उपयुुक्त हुने धारणा गिरिले राखेका थिए ।
छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारा शर्मा सुदर्शन श्रेष्ठ पत्रकार महासंघका जिल्ला सचिव राम थापा ,पत्रकार किरण आचार्य तारानाथ आचार्य लगायतका सरोकारवालाले अहिले प्रदेश संचार नीति बनाउदा समय सान्दर्भिक हुनुपर्ने संचार माध्यमको मात्रै नभइ मिडियामा काम गर्ने पत्रकारको हकहित सुनिश्चित बनाउने कानून बनाउनु पर्ने सुझाव राखेका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव अजिता शर्मा संचालन सुमन भट्टराईले गरेका थिर्ए ।



















































































































































































































