
गलकोटको हरिचौरमा बर्षाले पु¥याएको क्षतिको गलकोट नगरपालिकाका नगरप्रमुख सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । गलकोट नगरपालिका वाड नम्बर ५ हरिचौरको कौलेनिमा खहरे खोलाले करोडौको क्षति पु¥याएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए । खोलाले हरिचौर बजार देखि ईन्चौर, कौलेनि जाने गोरेटोबाटो पुर्ण रुपमा क्षति भएको छ ।
खोला गोरेटोबाटो हुदै बग्ने गरेपछि स्थानियलाई आवतजावतमा समस्या भएको वाड सदस्य यम बहादुर खत्रीले बताए । त्यस्तै हरिचौर देखि टेउवा, ईन्चौर जोड्ने मोटरबाटो समेत पुर्ण रुपमा अवरुद्ध बनेको छ । अनुगमन पछि नगरप्रमुख गैरेले आगमि बजेटमा उक्त ठाउलाई पहिलो प्राथमिकता दिने बताए।
गोरेबाटो नहुदाँ सिद्ध प्राथमिक विद्यालय, एकता आवसिय माद्यामिक विद्यालय, गलकोट मोडनाईज ऐकेडेमि, पृथ्वी माद्यामिक विद्यालयमा आउने विद्यार्थीहरुलाई बढि समस्या परेको खत्रीले बताए । खोलाले हरिचौरको ईलाका प्रहरी कार्यालय देखि बजार जोड्ने झुलुङ्गे पुल समेतलाई असर पारेको थियो । त्यस्तै खोला नजिकका घरहरुमा समेत जोखिम बढेको स्थानियको भनाई छ । सम्पुर्ण विवरण अनुसार हरिचौरमा बर्षातका कारण करोडौको भौतिक क्षति भएको बताईएको छ ।