समाजमा अभिभावक विनाको जिन्दगी परिकल्पना गर्न सकिदैन जसको सहयोगले साथले बालबालिकाको छोराछोरीको सुन्दर भविष्य निमार्ण गर्ने लक्ष्य हुन्छ । तर त्यही ताराखोला गाउँपाललिका वडा ३ हिल बराहखोलामा यस्तै दुखद घटना भएको छ । बराहखोलाका एक परिवारको चुलो निभेको छ ।
जब जेष्ठ ११ गते एक अधवैशै महिला मिना बगालको लामो समय विरामी परी निधन भयो । उनको उपचारको लागि भएको केही रकम र खोजी गरि उपचार गराएको पारिवारीक स्रोतको भनाई छ । यसरी पिडा र शोकमा परेका कक्षा १० मा अध्यनरत भावना बगाले, कक्षा ७ मा अध्यनरत दिलिव बगाले मनोज बगाले आमाको न्यानो काखबाट खोसिएको आँखा ओभानो हुन नपाउदै पेरी अर्को बज्रापात भयो ।
शाहाराको रुपमा लिदै आएको बाबा गोविन्द बगालेको पनि श्रीमतीको निधन पछि एक महिना दिनमा घर नजिकै चिप्लेर निधन भयो । यसरी परिवारमा बज्रपात भयो । कक्षा १० मा अध्यनरत छोरी पिडाले पटक पटक बेहोस हुने गरेको बराहखोलाका भुपनारायण बगालेले जानकारि दिनु भयो ।
उनीहरुको परिवार ठुलो आकारको परिवार भएकोले ५ वर्ष पहिलेनै छुट्टीएर बसेका थिए । अहिले त्यही घरमा नाती नतिनाहरुको हेरचारहारको लागि बाजे बजै आएर बसेको छन् । परिवारको आर्थिक स्रोत नभएको आमा र बाबा नै यो भौतिक जगतमा नरहेपछी निर्दोस बालबालिकाको विचल्ली भएको छ । भने भविष्य अन्धकारतफै जाने निश्चित छ ।
यसरी योे पीडा र दुुख त कसैले बाद्न नमिल्ला तर ति बालबालिकाको उज्वल भविष्य निमार्णको लागी शिक्षा र स्वास्थ आभाषको व्यावस्थापनको लागी सहयोगी मनहरुको आवश्यकता देखीएको छ । उनीहरुको केही राहतको लागी भुपनारायण बगालेको अनुरोधमा मृतक मिना बगालेको भेना दिर्ग घर्तीलाई जापनामा सहयोग रकमको अपिल गरिरहेका छन् । ताराखोलाका जापानका कार्यरतहरुले यस भन्दा पहिले ताराखोलाकै रामु गौतम बजाउ अभियान चालेकोले त्यहा पनि सहयोगी मन पाउन मुस्कील जस्तो देखिन्छ ।
तै पनि केही महान सहयोगी मनहरुले रकम संकलनमा साथ दिएको पाईन्छ । सहयोग रकम संकलनम दिगै घर्ती र लिल संकरले पहिल गरिरहेको जानकारी छ । सहयोग रकमा १२१७० ५७९९६०८१मा जम्मा गर्न सकिन्छ । यसरी समाजमा हरेका किसिमका समस्याहरु आई पर्दा समाजिक विकासको लागि भनिने सस्थाहरु आमा समुह ,कल्व तथा स्थानीय सरकारहरुले कुनै पहल गरेको पाईदैन । यस्ता समस्याहरुको लागि स्थानीय सरकाले पनि कुनै पहल गराउन जरुरी छ ।
यस अगाडी पनि रामु गौतम, तथा विभिन्न यस्ता विपतमा रहेको व्यतिहरु धेरै छन तर स्थानीय सरकारले के कति चासो दिएको छ यसको मुल्यानकङ हुने समय आएको छ । विपत वेव्स्थापनको रकम कस्तो स्थानमा प्रयोग गर्ने यो ध्यान जाओस स्थानीय सरकारको । नत्र सबै विपतमा सधै प्रवासी नेपालीको पसिनाले मात्र पिडकको आँसु पुछ्न गाँह्रो होला, यस्ता काममा विभिन्न संघसस्थालाई सक्रिय बनाउन स्थानीय सरकारले पनि पहल गर्न जरुरी देखिन्छ ।



















































































































































































































