२५ असार २०८२, बुधबार

 

ताराखोलामा जेष्ठ नागरिक सम्मान कार्यक्रम

ताराखोला गाउपालिका को आयोजना मा जेष्ठ नागरिक सम्मान कार्यक्रम आज गाउँपालिका को केन्द्र अर्गल को भातखाने डाडा मा सम्पन्न भएको छ। गाउँपालिका को ५ वटै वडा बाट ५र ५ जना जेष्ठ नागरिक छनोट गरि उनी हरुलाइ नगद , दोसल्ला र जिन्सी सामाग्री सहित सम्मान गरिएको हो । उनीहरुलाई जनही ५ सय रुपैया , १र१ थान थर्मस प्रदान गर्दै दोसल्ला ओडाइएको थियो ।

कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल ले जेष्ठ नागरिक हरु ले आफ्नो परिवार र समाज को प्रगती तथा बिकास का लागि अतुलनीय योगदान पुर्याएकाले उनीहरुको योगदान प्रती सम्मान गर्दै बाकी जीवन खुसी साथ बिताउने बाताबरण सृजना गर्न सबै लाग्नु पर्ने मा जोड दिएका थिए ।

कार्यक्रम मा वडा न १ का अध्यक्ष याम बहादुर श्रीस, २ का अध्यक्ष भद्र बहादुर घर्ती, पत्रकार कृष्ण कडेल लगायत ले मन्तव्य राखेका थिए । कार्यक्रम को उदेश्य माथि प्रकाश पार्दै शिक्षा साखा प्रमुख दिपक सुवेदी ले स्वागत गरेका थिए। कार्यक्रम ताराखोला गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल अध्यक्षता , वडा न १ का वडा सचिब जित बहादुर सुनार को सन्चालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung