
समाजमा योगदान पु¥याएका र उद्यम संचालन गर्दै आएका युवाहरुलाई बागलुङमा पुरस्कार एवं सम्मान गरिएको छ । “समृद्ध नेपाल निमार्णका लागि स्वास्थ्य कर्मठ र उद्यमी युवा” भन्ने मुल नाराका साथ जिल्लामा रहेर सीपको विकास गरी उद्यमशील र स्वरोजगार बनाउनका लागि भुमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बागलुङको आयोजनमा समाजमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै युवा प्रतिभा,उद्यमीको खोजी पुरस्कारबाट तिन जना युवाहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ ।
लागुपदार्थको दुव्र्यसनी नियन्त्रण,मानवसेवा एवं स्वयंमसेवा र युवा सशक्तिकरण गरेको भन्दै बानपा १० का मनिस रायमाझी,बानपा ८ सिगानाका राष्ट्रिय क्रिकेट खेलाडी करण केसी,युवा सशक्तिकरण तथा सितोरियो कराते खेलमा बिशेष योगदान गरेको भन्दै काठेखोला ५ बिहुँका कृष्णप्रसाद कडेललाई नगद सहित सम्मान गरिएको जिल्ला युवा समिति बागलुङका अध्यक्ष बिष्णु पौडेलले बताउनुभयो ।
समाजमा सकरात्मक भुमिका खेल्दै आएका युवाहरु मध्यबाट छनोट गरि पुरस्कृत गरिएको पौडेलले बताउनुभयो । त्यसैगरि युवा सीप तथा उद्यमशीलता विकास कार्यक्रम अन्र्तगत एडभान्स व्युटीपार्लर तालिममा सहभागी भएका ६ जना र आधारभुत सिलाई कटाई तालिममा सहभागी ११ जना महिलालाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
युवाहरुलाई स्थानीय व्यवसाय तथा उद्यमतर्फ आकर्षित गरी स्वरोजगार बनाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । प्रतिभाको पहिचान गरि कार्यान्वयमा लगेका युवाहरु आत्मनिर्भर बन्ने उहाले बताउनुभयो । कार्यक्रममा सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद पौडेलले आगामी दिनमा युवाहरु उद्यम तर्फ लाग्ने यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।
प्रतिभा,क्षमता एवं उद्यम व्यवसाय सञ्चालन गरि युवा उद्यमीहरुको कार्यलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रम गर्दै आएको युवा समितिको कार्यालयले जनाएको छ । युवाहरुलाई स्थानिय स्तरमा नै उद्यमशिल र स्वरोजगार बनाउने उदेश्यका साथ सुरु भएको युवा उद्यम कार्यक्रम अहिले ग्रामिण क्षेत्रमा फलदायी बनेको छ । जिल्ला युवा समिति बागलुङका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षता,कार्यालय प्रमुख एवं जिसिअ कुस्मराज उपाध्यायको स्वागत र लेखा अधिकृत कृष्णप्रसाद आर्चायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।