
ताराखोला हिलको पहिचान, संस्कृति संरक्षण स्वच्छ सम्बृद्ध समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ साउने सक्रान्ती मेला व्यवस्थापन समिती हिलद्वारा असार २९ देखि ताराखोला गाउपालिका ३ हिलमा सञ्चालित साउने सक्रान्ती मेला मंगलबार सम्पन्न भएको छ।
मेलाको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका सांसद चन्द्र बहादुर बुढाले संघीय व्यवस्थाको कार्यान्वयन संगै स्थापित प्रदेश सरकार अझै पनि नीति निर्माणको चरणमा रहेकाले जनताले अपेक्षा गरे अनुसार विकास योजनाका काम गर्न नसकेको बताउनु भयो ।
उहाँले स्थानीय तहबाट सम्बोधन हुन नसकेका योजनाहरुलाई प्रदेश र संघबाट सम्बोधन गराउन आफुले सधै पहल गरिरहने कुरामा जोड दिनुभएको थियो । त्यस्तै अर्का सांसद दिलमाया रोकाले स्थानीय स्तरमा हुने यस्ता खालका मेलाहरुले कला संस्कृतिको संरक्षण संगै आपसी एकता र सदभाव बृद्धि गर्न टेवा पुर्याउने बताउनु भयो। ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले जनताहरुमा स्थानीय सरकारको प्रत्याभुती दिलाउने गरि ताराखोला गाउपालिकाले नीति तथा कार्यक्रम तय गरिरहेको बताउनु भयो।
मेलामा आयोजित ३० समुहको सहभागीता खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा शिद्ध भैरब इलेक्ट्रिकल सप हरिचौर प्रथम र त्रिशुली युवा क्लब हिल दित्तिय हुँदै क्रमशः ५० हजार र ३० हजार पुरस्कार हात परेका छन।त्यसैगरी ६ समूह को सहभागिता रहेको महिला भलिबल प्रतियोगितामा बडिगाड गाउपालिका जलजला प्रथम र तारा ले दित्तिय स्थान हासिल गरेका छन ।
पुरुष तर्फ शिद्ध भैरबका रिजन राना र महिला तर्फ जलजला कि लुकु श्रीस उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत बनेका छ्न। कार्यक्रमको अबसरमा मगर समुदायको सिस्नो खोस्ने सस्कृती , जनजाति पन्चे बाजा , सोरठी नाच , महिला समुदायको भजन मण्डली लगायतका संस्कृतीहरु प्रर्दशन संगै राष्ट्रिय कलाकार नवीन राना र चाहाना श्रिले साङ्गितिक प्रस्तुति राखेका थिए। कार्यक्रम साउने सक्रान्ती मेला व्यवस्थापन समितीका अध्यक्ष जग बहादुर घर्तीको अध्यक्षता सदस्यको हिरा बगाले स्वागत र हर्क बिकको सन्चालनमा सम्पन्न भएको थियो ।