२९ असार २०८२, आईतवार

 

बागलुङमा जिप दुर्घटना, पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते

 गलकोट नगरपालिका–११ रिघा भालुपाईलेमा बुधबार सॉझ जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजीर मगर समेत रहेका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । ढोरपाटन नगरपालिका–४ का उनीसँगै गम्भीर घाइते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन् ।
बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ज १४९ नम्बरको जीप अनियन्त्रीत भई नालीमा पल्टीदा सो दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मन बहादुर बिकले जानकारी दिए ।
अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर , काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली , निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेका छन् ।
उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ । पत्रकार महासंघका पूर्वमहासचिव उजिगर मगरलाई धवलागिरी अञ्चल अस्पतालमा एक्सरे गरेर थप उपचारका लागि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको जानकारी प्राप्त भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung