१२ कार्तिक २०८३, बुधबार

 

जिप दुर्घटनामा गम्भिर घाइते पत्रकार उजिर मगरको थप उपचारकोलागि हेलिकप्टरबाट काठमाडौमा

बुधवार गलकोट नगरपालिका वडा नं ११ ,रिघाको भालुपाइलेमा ब्रेक फेल भएर जिप दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार तथा पत्रकार महासंघका पुर्व महासचिव उजिर मगरको थप उपचारको लागि हेलिकप्टरबाट आज विहान काठमाडौ लगिएको छ ।

हिजो साझ ५ बजे धौलागिरि अंचलमा प्राथमिक उपचारपछि राति ३ बजे पोखराको मणिपालमा पुर्याइएको नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरिषले जानकारी दिए ।थप उपचारको लागि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भईरहेको अध्यक्ष शिरिषले बताए ।पत्रकार उजिर मगरको दुवै हात फ्याक्चर भएको छ भने आखाको तल्लो भागमा र टाउकोमा चोट लागेको छ ।

जिप दुर्घटनामा गम्भीर घाइतेहरू बडिघाड वडा नं ५ कि संगिता पुन ,गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीको दिपक पुन र काठेखोला गाउँपालिका वडा नं ३ धम्जाका चालक टिकाराम नेपालीको पोखराको मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।अन्य यात्रुको गलकोट हटियाको आरोग्य अस्पतालमा उपचार भईरहेको छ । ध १ ज १४९ नंम्बरको जिप बागलुङ बजारदेखि बुर्तिबाङ बजारको लागि छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung