
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले स्व. लक्ष्मी सापकोटाको निधनमा श्रदाञ्जली सभा गरी दुखः व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
वित्तीय संस्थाका संस्थापक सदस्य, कल्बका अजीवन सदस्य र सहकारीका शेयर सदस्य रहनुभएका स्व. सापकोटाको मिति २०७४ आषाढ ३१ गते ५१ वर्षको उमेरमा असमायीक निधन भएको थियो ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले स्व. सापकोटाको वा.न.पा. ३ रातामाटा स्थित निवासमै पुगेर ४ औं दिनको पुण्य तीथिका क्रममा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।
श्रदाञ्जली सभामा संस्थाको तर्फवाट समवेदन प्रकट गर्दै संस्थाका अध्यक्ष पौडेलले स्व. सापकोटालाई गुमाउनुपर्दा सिवाईसी मर्माहत बनेको र सिवाईसीलाई र समाजलाई ठुलो क्षती पुगेको बताएका थिए ।
शोक सभामा संस्थाको तर्फवाट स्वं सापकोटा परिवारलाई समवेदना पत्रसहित संस्थाको नियमानुसार रु २० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको थियो ।
उक्त सहयोग रकम संस्थाका संरक्षक एवं वरिष्ट अधिवक्ता पद्मनाथ शर्मा पौडेलले स्व. सापकोटा परिवारलाई हस्तान्तरण गरेका थिए ।