नेपाल पत्रकार महासंघ बागलुङको कोषाध्यक्ष विजय रानालाई उपचारको लागि नेपाल मगर विघार्थी संघ र नेविसंघले आर्थिक सहयोग उपलब्ध गराएको छ ।ए(प्लास्टिक एनिमिया रोग लागेको पत्रकार रानाको उपचारको लागि ४५ हजार ६ सय३१ रूपैया नेपाल मगर विघार्थी संघका सचिव कुशल पुन मगरले नेपाल पत्रकार महासंघका बागलुङ शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेको हो ।
त्यसै गरी पत्रकार रानाको उपचारमा सहयोग पुगोस भनेर नेविसंघ बागलुङले १५ हजार रूपैया उपलब्ध गराएको नेविसंघका सहमहामन्त्री हरिहर शर्माले जानकारी दिए ।उक्त रकम नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी ,जिल्ला सभापति दिपेन्द्र बहादुर थापा ,नेविसंघका सहमहामन्त्री हरिहर शर्मा ,नेविसंघका जिल्ला खड्क थापा र युवा व्यवसायी विप्लव हमालले पत्रकार रानाको बैनी शान्ति रानालाई हस्तान्तरण गरेको थियो ।सो अवसरमा युवा व्यवसायी तथा समाजसेवी विप्लव हमालले ५ हजार ५ सय रूपैया पत्रकार रानाको उपचारको लागि हस्तान्तरण गरेका थिए ।
ए(प्लास्टिक एनिमिया रोगबाट ग्रसित पत्रकार विजय रानाले काठमाडौंमा उपचार गराइ रहेको छ ।रोगको छिटो पहिचान भएको र सिभिल अस्पतालमा उपचारपछि सुधार भएको नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरिषले बताए ।



















































































































































































































