
बुर्तिबाङमा आएको बाढीले घरवार विहिन भएका पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले राहत वितरण गरेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट पीडित परिवारलाई १० हजारको दरले राहत वितरण गरिएको हो ।
६ जना विस्थापित सुमन पौवी ,लिलाधर अर्याल ,अमरबहादुर क्षेत्री ,लिलबहादुर पुन ,पुर्णबहादुर गुरूङ र खेम कुमारी पौडेललाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत धिरेन्द राज पन्तले जानकारी दिए ।राहत वितरण कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले प्रकोप नियन्त्रणको लागि योजनावद तयारी गर्नु पर्ने र जनताको सहभागीतामा विपद न्युनिकरणको लागि सचेतना र प्राविधिक तयारी गर्नु पर्ने बताए ।क्षेतिको मुल्यांकन गरेर थप सहयोगको लागि सम्वन्धित निकायमा जानकारी गराउने प्रजिअ खरेलले बताए ।कार्यक्रमको संचालन एकीकृत सेवा केन्द्र बुर्तिबाङको प्रमुख जनक थापाले गरेका थिए ।
(फोटो अर्जुन ढकाल)