१२ कार्तिक २०८३, बुधबार

 

पत्रकार महासंघ बागलुङको भवन निर्माण र पत्रकार रानाको उपचारको लागि युवा संघको केन्द्रीय सदस्य केसीको सहयोग

नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण र पत्रकार विजय रानाको उपचारको लागि युवा संघ नेपालको केन्द्रीय सदस्य तथा युवा व्यवसायी लोकेन्द्र केसीले आर्थिक सहयोग गरेको छ ।

आफ्नो जन्म दिनको अवसरमा केन्द्रीय सदस्य तथा सामाजिक व्यक्तित्व केसीले महासंघको भवन निर्माणको लागि १० हजार रूपैया र ५ हजार रूपैया पत्रकार विजय रानाको उपचारको लागि नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरिषलाई प्रदान गरे ।

पत्रकारितामा समेत रुचि भएका केसीको विस २०५३ साल तिर प्रकाशित बागलुङ साप्ताहिक तथा बागलुङको पहिलो दैनिक पत्रिका न्यु धौलागिरि दैनिकमा पनि काम गरेका अनुभव रहेको छ ।

बागलुङ नगरपालिका वडा नं ३ निवासि केसीले युवा संघ मार्फत थुप्रै सामाजिक काम गरेको छ ।व्यवसायमा राम्रो सफलता हासिल गरेका केसीले सामाजिक कामलाई संगसंगै लगेका छन ।केसीले पत्रकार महासंघलाई स्वच्छ पानी पिउनको लागि युरो गार्ड समेत प्रदान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung