१२ कार्तिक २०८३, बुधबार

 

काठेखोला गाउँपालिका वडा नं ७ मा उत्साह जनक विकास ,सडक ,कृषि ,शिक्षा ,खेलकुद उच्च प्राथमिकतामा

काठेखोला गाउँपालिका वडा नं ७ मा उत्साह जनक विकास भएको छ ।वडा नं ७ को वडा अध्यक्ष प्रेम लामिछानेले आर्थिक वर्ष २०७४ र २०७५ मा भएको विकासको कार्यहरू पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै थप विकासको योजनाहरू बाहिर ल्याएको छ ।

वडा नं ७ मा १ करोड २६ लाखको विकास निर्माणको काम भएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए ।वडाको विभित्र गाउँको प्रमुख तथा सहायक सडकहरूमा स्तरउन्नति भएको छ ।सडकको स्तर उन्नतिका लागि ४० लाख बजेट छुट्याएर काम भएकोले गाउँको सडक अवस्थामा धेरै सुधार भएको छ ।

कृषकलाई व्यवसायीक कृषिमा लगाउनमा १२ जना कृषकलाई अनुदानमा मिनि टेलर हस्तान्तरण गरिएको छ ।पचास प्रतिशत अनुदानमा वडाले १ लाख ५० हजार र बाकी प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत मिनि टेलर मेशिन वितरण गरिएको हो ।खेलमा लगानी गरेर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ धौलागिरिको कोल्पाटा ,तिङग्रीङ , देउराली ,बैनथाना ,पिजल्ला र दामगाडेमा आधुनिक खेल मैदान बनाउने उदेश्यका साथ काम अगाडि बढी रहेको वडा अध्यक्ष प्रेम लामिछाने जानकारी दिए ।हामीले गत वर्ष ८ लाख छुट्याएको थियौ ।

काठेखोला गाउपालिमा वडा नं ७ भलिबल र फुटबलको संम्भावना भएको ठाउँ हो ।जनताको सहयोगमा हामीले वडाको विभित्र ७ स्थानलाई खेलकुद गन्तव्यको रूपमा विकास गर्न चाहान्छौ ।जन चाहाना अनुसार जनप्रतिनिधिहरूको काम र कर्तव्य अझ बढी रहेको छ हामीले गरिव,एकल महिला र विपन्न दलितहरूको घरको खरको खरकोको ठाउँमा जस्तापाता लगाएका छौ ।

हामीले १४ परिवारको घरको छाना राख्यौ यसपालि ३० घरको कमजोर छाना फेर्ने योजना बनाएका छौ ।वडामा कमजोर काठको विजुलिको पोलहरू हटाएर २ सय २२ वटा फलामको पोल राखिएको छ ।वडाका सरकारी विघालय ,स्वास्थ्य चौकी लगाएतको ७ सरकारी कार्यालयहरूमा इन्टरनेट निस्शुल्क जडान गरिएको छ ।

यस वडा प्रदेश मार्फत २ वटा मोटरेवल पुलको बजेट परेको छ ।वडामा कृषि ,पशुपालन ,पर्यटन ,सिचाई ,शिक्षा ,सहकारी ,संचार ,सशक्तीकरण लगाएतको कार्यक्रमहरू योजनावद ढंगले अगाडि बढाउन लागेको वडा अध्यक्ष लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung