
गत साउन १ गते रातिको भेल पहिरोमा धनमालको क्षति भएका पिडित परिवारलाई
नेपाल रेडक्रस सोसाईटी उपसाखा बुर्तिबाङद्धारा शनीबार राहत हस्तान्तरण
गरीएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आयोजित कार्यक्रमका अबसरमा
रेडक्रस उपसाखा बुर्तिबाङका सभापति मेशलाल सर्माको अध्यक्षतामा आयोजित
कार्यक्रमका अबसरमा बढि धनमाल र घरको क्षेति भएका मध्ये छनौट गरी ६
घरपरिवारलाई राहत उपलब्ध गराईएको हो ।
राहत वितरण अन्र्तगत एकएक थान बाल्टिन, थाल, बाटा लगाएतका आबस्किय सामाग्रिहस्तान्तरण गरीएको हो । आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका १ काअध्यक्ष चित्र भण्डारी, प्रहरी निरीक्षक ओमप्रकाश यादब ,गण्डकि थापा अधिकारी,
दिपक अदै, नेपाली कांग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्मा, लगाएतको
उपस्थिती रहेको थियो ।
राहत पाउने परिवारमा ढोरपाटन नगरपालिका १ का
सुमन पौवि, लिला धर अर्याल, पुर्ण बहादुर गुरुङ, खिम कुमारी पौडेल , वडा
नं २ का लिला बहादुर पुन, अमर बहादुर क्षेतिलाई घरायसि प्रयोजनका सामान
उपलब्ध गराईएको रेडक्रस उपसाखा बुर्तिबाङका सभापति मेशलाल शर्माले बताए ।