२९ असार २०८२, आईतवार

 

घरमा बाढी पस्ने त्रासले बुर्तिबाङबासी रातभर जाग्रम

बुधबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ जिल्लाको पश्चिम क्षेत्र प्रभावित बन्न पुगेको छ । जथाभावी रूपमा खनिएको सडक कै कारणले अहिले बुर्तिबाङ बजार प्रभावित बन्न पुगेको हो ।रातभरि पानी परेपछि बुर्तिबाङ बजार क्षेत्रका स्थानीयहरुलाई त्रसित बनाएको प्रहरीले जनाएको छ । साँझ साढे ७ बजेदेखि निरन्नतर परेको वर्षाले बजार क्षेत्र भन्दा माथिदेखि बाढी आउन थालेपछि बुर्तिबाङ बजारका स्थानीयलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले सतर्क गराएको थियो ।

राति १२ बजे ठूलो पानी परे पछि प्रहरीको टोलीले जोखिममा रहेका स्थानीयहरुलाई उठाएर सुरक्षित स्थानमा पठाएको थियो । बजार माथिदेखि भल सहित बाढी आउन थाले पछि स्थानीय र प्रहरीको टोली क्षति हुनबाट रोक्न बाढीलाई नियन्त्रणमा लिएका थिए ।

बजार माथिदेखि आएको बाढीसँगै आएको ठूलो ढुङ्गाले कालिका मन्दिरको पर्खाल भत्काएको छ । बाढी ठूलो रुपमा आए पछि बर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधिन भवनमा बाढी पस्ने क्रम रोकिएको छैन ।

बाढी इलाका प्रहरी कार्यालय बुुर्तिबाङको कार्यालय भित्रै पस्न थाले पछि प्रहरुी तथा स्थानीयहरुको शक्रियतामा बाढीलाई कार्यालय भित्र पस्नबाट तर्काइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले जानकारी दिए ।

माथिदेखि बाढी आउने त्रासले बुर्तिबाङबासी रातभर जागराम बसेका थिए ।गत साउन १ गते पनि बजार माथिदेखि बाढी उँदा दर्जनौँ घर तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधिन भवन तथा ओपिडी कक्षमा बाढी पसेर ठूलो क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung