हामी सेवा गर्छौं भन्ने भावनाले संचालित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालको बर्ष २०१८ र २०१९ का क्याबिनेट अफिसरहरूको पदस्थापन कार्यक्रम तथा प्रथम क्याबिनेट मिटिङ एक कार्यक्रम बिच काठमाडौमा सम्पन्न भयो ।
नेपाल कै सबैभन्दा ठूलो डिस्ट्रिक लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालमा ३५० भन्दा बढी क्लबको नेतृत्व गरिरहेको
डिस्ट्रिकले यसबर्ष कामको जिम्मेवारी लिएका क्याबिनेटका पदाधिकारीलाई पदस्थापन लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन अशोककुमार श्रेष्ठले जिम्मेवारी पुर्बक रूपमा सामाजिक सेवाको काम गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले राजनीतिमा भन्दा लायन्समा राम्रो परम्परा छ नेतृत्व हस्तान्तरण जति सहज रूपमा हुन्छ त्यो राजनीति पार्टीमा भने अलिकति कमनै पाईन्छ ।पार्टीको नेतृत्वमा एकपटक पुगेपछि उसले कुर्सी छोड्न चाहदैनन् मन्त्री ज्ञवालीले बताए ।
समाजमा सरकार र सामाजिक संघसंस्था मिलेर गए धेरै काम गर्न सकिने अबस्था छ त्यसलाई अबसरको रूपमा लिन मन्त्री ज्ञवालीले भने ।द्वन्द्व बाट आएको नेपालमा नकारात्मक कुरा अलि बढी हुने गरेको छ तर पनि देशले राम्रो गरिरहेको छ अब सबैले सकारात्मक रूपमा लिनुपर्छ ज्ञवालीले भने ।
अपांगको क्षेत्रमा काम गर्ने अठोट लिएको लायन्सले आँखाको क्षेत्रमा मोतिया बिन्दु भएका बिरामीलाई संसार देखाउने काम गरेको यसपटक अपांग लाई ह्वील चेयर बितरण गर्ने दृष्टि बिहिन लाई सेतो लठ्ठी बितरण गर्ने योजना बनाएको लायन्स क्लबका गभर्नर अशोककुमार श्रेष्ठले बताए ।



















































































































































































































