१२ कार्तिक २०८३, बुधबार

 

बुर्तिबाङमा सामुदायिक प्रहरी सेवा केन्द्रको उद्घाटन , निष्पक्ष रुपमा काम गर्न नगर प्रमुख नेपालीको को सुझाब ।।

जिल्लाको बुर्तिबाङमा सामुदायिक प्रहरी सेवा केन्द्रको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । प्रहरी र जनता बिचको दुरीलाई नजिक बनाउँदै समुदायमा हुने बिभिन्न घटना, दुर्घटना सँगै समुदायलाई सजग बनाउँदै समुदायमा उत्पन्न विवादलाई समेत सम्मोन्य कारी भुमिका निर्वाह सहित भएगरेका समस्याको समाधान गर्ने उदेश्यका साथ गत २०७४ असार १३ गते विधिवत दर्ता भई सञ्चालनमा आएको उतm सँस्थाको एक कार्यक्रम सहित उद्घाटन गरीएको हो ।

ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकाको वडा नँ १ र ७ लाई समेत आफनो सेवा प्रभाव क्षेत्र बनाएर अगाडि बढीएको सँस्थाकि अध्यक्ष दुर्गादेवि घर्तिले बताए । उनका अनुसार सँस्थाले आजिवन र साधारण सदस्यता अभियान खुल्ला गरीएको र आगामि असोज महिनामा अधिवेशनको तयारी अगाडि बढाईएको र भाद्र महिनाको ३० गतेसम्म सदस्यता लिन सकिने बताउँदै केन्द्रलाई चुस्त दुरुस्त र समाज रुपान्तरण मुलक बनाएर अगाडी बढाईने अभियानमा आफुहरु लाग्ने समिती अध्यक्ष दुर्गादेवि घर्तिले प्रतिवध्धता जनाए ।

हाललाई नगरपालिकाको मातहतमा बुर्तिबाङ राईजिङ युृवा क्लब रहेको भवनको तल्लो तलामा साविक पशु सेवा कार्यालय रहेको स्थानमा उतm सँस्थाको कार्यालय सञ्चालनमा ल्याईएको छ । आयोजित उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका ढोरपाटन नगरप्रमुख एवम सामुदायिक प्रहरी सेवा केन्द्रका बरिस्ठ सल्लाहकार देवकुमार नेपालीले उतm सँस्थाको विधिवत उद्घाटन गर्दे सामुदायिक प्रहरी सँधै निश्पक्ष रुपमा जनताको हितका निम्ती काम गर्नुपर्ने बताउँदै राजनैतिक गन्ध आउने गरी कुनै काम नगरी निश्पक्ष भुमिका खेल्न आग्रह सहित ढोरपाटन नगरपालिकाले यस सँस्थालाई अगाडि बढाउन सक्दो सहयोग र सम्मोन्य गर्ने प्रतिवध्ता जनाए । कार्यक्रमका अवसरमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बोल्दै सामुदायिक प्रहरी र त्यसका काम कर्तव्यका विषयमा अवगत गराएका थिए ।

कार्यक्रममा राजनैतिक दलको तर्फदेखि नेकपा ढोरपाटन नगर कमिटी सम्योजक चन्द्र अर्याल, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्मा, राष्ट्रिय जनमोर्चाको तर्फदेखि दलबहादुर भण्डारी, नेपाल कम्युनिस्ट पार्टीको तर्फदेखि ने.क.पा. का तर्फदेखि हरिबहादुर कुँवर, राष्ट्रीय प्रजातन्त्र पार्टिको तर्फदेखि निमबहादुर भण्डारी, ढोरपाटन नगरपालिका वडा नँ १ का अध्यक्ष चित्र भण्डारी, ईलाका प्रशाशन कार्यालयको तर्फदेखि नन्दराम भुषाल , महिला अगुवा गण्डकि थापा अधिकारी लगाएतले बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र प्रहरी र जनताको बिचमा रहि सहि व्यवस्थापनको भुमिकामा रहन आग्रह सहित थप सफलताको सुभकामना व्यतm गरेका थिए ।

कार्यक्रममा बिभिन्न सरकारी गैरसरकारी सँघसँस्थाका प्रतिनीधि, आजिवन सदस्य, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । सँस्थाका उपादक्ष गुञ्ज भण्डारीको स्वागत रहेको कार्यक्रम महासचिव नरहरी भुषालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung