१२ कार्तिक २०८३, बुधबार

 

स्थापना दिवसको अवसरमा नेपाल महिला सँघ ढोरपाटन नगर कमिटीद्धारा अन्र्तक्रिया तथा राहत वितरण ।

स्थापना दिवसको अवसरमा नेपाल महिला सँघ ढोरपाटन नगरकमिटी द्धारा विहिबार अन्र्तक्रिया तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । बिक्रम सम्बत २००४ सालमा औपचारीक स्थापना भएको नेपाल महिला सँघको ७१ औँ बािर्षक स्थापना दिवशका अबसरमा आफुहरुले अन्र्तक्रिया कार्यक्रम सहित गत साउन १ गतेको भेल पहिरोका कारण घरबासको क्षेति भएको बुर्तिबाङ क्षेत्रका पिडित परिवारलाई राहत हस्तान्तरण गरीएको नेपाल महिला सँघ महादिवेशन प्रतिनीधि दिलमाया पौविले बताइन् ।

आयोजित कार्यक्रममा महिला सँघको तर्फदेखि ढोरपाटन नगरपालिका १ र २ मा भौतिक क्षेति भएका २३ घरपरिवारलाई प्रति परिवार रु १ हजार र एक ÷एक सेट टिर्सट सहित राहत उपलब्ध गराईएको थियो । आयोजित कार्यक्रमका अबसरमा नेपाल महिला सँघ ढोरपाटन नगरकमिटी संयोजक रत्नाकुमारी शेरचनको अधयक्षता, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्माको प्रमुख आतिथ्यता, नेपाल महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, ढोरपाटन नगरपालिका वडा नँ १ का सदस्य असारी बकि, गौमती कुमाल, वडा नँ ४ का सदस्य जमुना घर्तिमगर, नेपाल दलित सँघ केन्द्रिय प्रतिनीधि असोक विक, लगाएत स्थानिय पत्रकार, नेपाली काँग्रेसमा आबद्ध बिभिन्न भातृ सँघ सँगठनका प्रतिनििध लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका नगर सभापती सालिकराम शर्माले महिलाहरुलाई सक्षम र आफनो हक अधिकारमा लड्नका निमती नेपाल महिला सँघको भुमिका महत्वपुर्ण रहेको बताउँदै त्यसको प्रसँसा गरे । कार्यक्रममा नेपाल महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, ढोरपाटन नगरपालिका वडा नँ १ का सदस्य असारी बकि, नेपाल दलित सँघ केन्द्रिय प्रतिनीधि असोक विक, नेपालि कााग्रेस ढोरपाटन नगरपालिका ४ कि वडा उपादक्ष रिता शर्मा, पत्रकार छविलाल पाण्डे, झरना कँडेल र सुमन सुनार , नेपाल महिला सँद्ध ढोरपाटन नगर उपसभापती धनसरी कँडेल लगाएले बोल्दै नेपाल महिला सँघले बिगत देखि बर्तमान सम्म महिलाहरुको हक र हितमा उल्लेखनिय कार्य गरेको बताउँदै महिलाहरुको कठोर र लामो योगदान पश्चात बल्ल महिलाहरुले स्वतन्त्रताको आवास गर्न पाएको बताउँदै वर्तमान परिवेशमा महिलाहरु आफनो हक अधिकार र कर्तव्यलाई एकै साथ लिएर अगाडि बद्नुको बिकल्प नरहेको बताईएको थियो ।

साथै सहभागिहरुले महिलाहरुकै सक्रियतामा बाढि पिडितलाई राहत वितरण गर्नुै आफैमा सकारात्मक कार्यभएको भन्दै त्यसको प्रसँसा गरीएको हो । कार्यक्रम जुगमाया गुरुङको स्वागत नेपाल महिला सँघ महादिवेशन प्रतिनििध दिलमाया पौविको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung