युवाहरू उर्जाशिल शक्ति भएकोले युवाहरूलाई उघम र समृद्धिमा लगाउनु पर्ने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताए ।जेसीज सप्ताहको उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले सो विचार व्यक्त गरेका हुन ।यो वर्षको जेसीज सप्ताहलाई सृजनशिल कामबाट परिणाममुखि बनाउने बागलुङ जेसीजका अध्यक्ष अम्बिका बस्नेतले बताईन ।
उक्त कार्यक्रममा समाजको लागि राम्रो योगदान दिएको भनी धौलागिरि अंचल अस्पतालमा कार्यरत डा प्रनिता राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरिषलाई उत्कृष्ठ युवा सम्मानबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरीष ,बागलुङ उघोग वाणिज्य संघको अध्यक्ष जयराम भारी ,म्याग्दी जेसीजको अध्यक्ष कमल विक बागलुङ जेसीजका संस्थापक श्याम श्रेष्ठ ,डा कृष्णबहादुर श्रेष्ठ ,डा प्रनिता राजभण्डारी ,रोटरी क्लवको पुर्व अध्यक्ष पूर्णबहादुर केसी ,जेसी तारा शर्मा,जेसी बलबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ जेसीजको अध्यक्ष अम्बिका बस्नेतको अध्यक्षता ,निर्वतमान अध्यक्ष जोहन बज्राचार्यको स्वागत र संचालन सहसचिव सौगत खड्काले गरेका थिए ।




















































































































































































































