१२ कार्तिक २०८३, बुधबार

 

भकुण्डे गाउँमा जेसीजको पर्यटन संवाद

बागलुङ जेसीजले जेसीज सप्ताहको उपलक्ष्यमा भकुण्डेमा पर्यटन विकास बारे अन्तरत्रिया कार्यक्रम आयोजना गरेको छ ।उक्त अन्तरत्रियामा पुर्व सांसद नरबहादुर थापा ,बागलुङ उघोग वाणिज्य संघको अध्यक्ष जयराम भारी ,बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्का ,वडा अध्यक्ष प्रेम थापा ,नेकपा नेता श्रीप्रसाद शर्मा ,जेसीज सप्ताहको मूल संयोजक बलबहादुर थापा ,भकुण्डे होमस्टेका अध्यक्ष खिमबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।

पर्यटन विकास सम्वन्धि अवधारण बागलुङ जेसीजका पुर्व अध्यक्ष जोन बज्राचार्यले प्रस्तुत गरेका थिए ।बागलुङ जेसीजको अध्यक्ष अम्बिका बस्नेतको अध्यक्षमा भएको कार्यक्रमको संचालन बागलुङ जेसीजका उपाध्यक्ष प्रकाश आचार्यले गरेका थिए ।

जेसीज सप्ताहको उपलक्ष्यमा बानपा १ मालढुंगामा स्वागत वोर्ड राखिएको छ । दि राजन होटलले सौजन्य गरेको बोर्डको उदघाटन बागलुङ जेसीजका संस्थापक अध्यक्ष जेसी श्याम प्रसाद वझाले गरेको थियो भने अध्यक्ष अम्बिका बस्नेतले मन्तव्य व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung