बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले युवाहरुको सहभगिता विना विकास असम्भव रहेको बताए ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समिति बागलुङ र बागलुङ नगरपालिकाको संयूक्त आयोजना तथा चारतारे युवा क्लव सिवाईसी नेपालको सहयोग एवं सहकार्यमा आयोजीत कार्यक्रममा बोल्दै प्रमुख अतीथि खरेलले सो कुरा बताए ।
युवाहरु परिवर्तनका संवाहाक भएको बताउदै खरेलले परिवर्तनका लागि नयाँ सोच, उर्जा, चेतना, मौलीकता र गर्न सक्छु भन्ने आँट चाहीने र त्यसका लागि युवा अपरिहार्य भएको बताए । नेपालमा युवा शक्तिको उचीत प्रयोग र सहि अर्थमा परिचालन गर्न नसकिएकाले देशको समृद्धिमा चूनौती थपिरहेको खरेलको भनाई थियो ।
हामा्र देशका युवाहहरु रोजगारी, अध्ययन तथा रोजगारको खोजीमा विदेश जाने क्रम उल्लेख्य रहेको उल्लेख गर्दै खरलले युवाहरुको विदेश पलायनलाई रोक्नका लागि राज्यले नीतीगत कदम चाल्नुपर्ने बताए । कार्यक्रममा सिवाईसी सञ्जालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले समृद्ध देश बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।
नेपालको राजनीतीले युवाहरुलाई तोड फोड गर्न मात्र सिकाएको भन्दै युवाहरुलाई कृषि मार्फत आत्मनिर्भरता तर्फ लैजानुपर्ने पौडेलको भनाई थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका क्रममा जिल्ला युवा समितिका कार्यालय प्रमुख एवंं जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका कुश्मराज उपाध्यायले युवा समितिले गर्ने कार्यहरु, नेपालमा युवाको अवस्था, युथ भिजन २०२५, बागलुङ जिल्लामा युवाको अवस्था लगाएतका विषयहरु समेटीएको कार्यपत्र प्रस्तुत गरेका थिए । सोही क्रममा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका बागलुङका श्रोत व्यक्ती ढकवहादुर पुनले ग्लोबल सिटिजन विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले आफ्नो सम्मानको संस्कार अन्तर्गत सिवाईसीको माध्यमवाट देशको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याए वापत सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र युवा प्रतिभा सम्मान अन्तर्गत जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका बागलुङका श्रोत व्यक्ती ढकवहादुर पुन सहभागिहरु अर्जून ढकाल, मनिषा गौतम र अस्मिता शर्मालाई टिका तथा खादाबाट सम्मान गरेका थिए ।
कार्यक्रम बागलुङ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद कुँवरको अध्यक्षता युवा समितिति बागलुङका प्रमुख उपाध्यायको स्वागत तथा उद्देश्य माथी प्रकाश र सिवाईसी नेपालका प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । अन्तराष्ट्रिय युवा दिवसकै अवसरमा चारतारे युवा क्लव सिवाईसी नेपालले बागलुङको ट्राफिक चोकदेखि मालढुङ्गासम्म युवा डौड कार्यक्रम पनी सम्पन्न गरेको थियो । डौडमा ४७ जना युवाहरुको सहभागिता थियो ।
अन्तराष्ट्रिय युवा दिवस १९९९ देखि विश्वभरिका राष्ट्रहरुले उत्सवका रुपमा मनाउदै आईरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरुलाई स्थापीत गर्न प्रत्येक वर्षको १२ अगस्टलाई अन्तराष्ट्रिय युवा विसका रुपमा घोषाण गरेको छ । युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउन यो दिवस घोषण गरिएको हो । नेपालमा पनी आजको दिन देशभरमा विभिन्न कार्यक्रमहरु गरी मनाउने क्रम जारी छ । 







































































































































































































