१२ कार्तिक २०८३, बुधबार

 

जिल्ला प्रहरी कार्यालयको आयोजनामा ताराखोलामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा शुक्रबार ताराखोला मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी संगठनलाई सुदृढ बनाउन र नागरिक तथा प्रहरी बिच सम्बन्ध सुमधुर बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरि कार्यालयका प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए ।

कार्यक्रमका सहभागी ले समाज मा बढ्दै गै रहेको बिकृती र बिसङती अन्त्य का लागि प्रहरी को भुमिका बढाउनु पर्ने, विशेष गरि युवा पुस्ता मा मौलाउदै गएको खराब आदतहरु निरुत्साहित गर्न स्थानीय सरकार र प्रहरी बिच तालमेल बढाउनु पर्ने , स्थानीय तहमा गठित न्यायीक समिति र प्रहरी कार्यालय बिच समन्वय हुनु पर्ने जस्ता कुरामा जिज्ञासा राखेका थिए ।

अचारका लागि उत्पादन हुने ताराखोलाको भाँगो यहाँका गरिब जनता हरुको हातमुख जोर्ने मुख्य माध्यम भएको ले भागो खेती लाई गाजा खेती को रुपमा तुलना नगरी अन्न बाली कै रुपमा लिन पनि स्थानीय ले अनुरोध गरेका थिए ।नागरिक सुनुवाइ कार्यक्रम मा उठेका कुरा हरु को जवाफ दिदै प्रहरी उपरीक्षक दिपक रेग्मीले भाँगो खेती बाट सोझा जनता हरुलाइ आर्थिक प्रलोभनमा पारी त्यस बाट राज्य द्वारा निषेधित पदार्थ उत्पादन गर्ने दलाली गिरोह पनि सक्रिय रहेका त्यस तर्फ सजग रहन आग्रह गरेका थिए।

प्रहरी उपरीक्षक रेग्मी ले जिल्ला को ताराखोला क्षेत्रमा पनि भाागो खेती संगै कतिपय ठाउँमा गाजा को खेती पनि रहेको आफुले सूचना प्राप्त गरेकाले छिट्टै गाजाको बोट नस्ट गर्ने अपरेसन थाल्ने भन्दै त्यसमा सहयोग गर्न स्थानीय सरकार , राजनैतिक दल र स्थानीयलाई अनुरोध समेत गरे ।कार्यक्रममा ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्तीले ताराखोला गाउँपालिका को कार्यालय परिसर मा एउटा छुट्टै प्रहरी बिट को आवश्यकता रहेको ले त्यसका लागि पहल गर्न अनुरोध गरेका थिए

कार्यक्रम ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्ती को अध्यक्षता र ईलाका प्रहरी कार्यालय ताराखोला का प्रहरी नायब निरीक्षक सानू काजी बिष्ट को संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung