जेसीज सप्ताह २०१८ को अवसरमा बागलुङ जेसीजले अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगिताको विषय ‘शासन व्यक्तिको होईन विधिको हुनुपर्छ’ भन्ने रहेको थियो ।
प्रतियोगितामा नमुना आवसिय मावि कुश्माकी प्रतिभा लामिछाने उत्कृष्ट भएकी छन् । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरिन् । सान्वना भने अमर आदर्श मावि बागलुङकी सदिक्षा बोगटी भएकी थिईन् । उनले नगद ४ हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा निर्णायक मण्डलको भुमिकामा सुदिप राजभण्डारी, हरिप्रसाद पाण्डे र भरत पौडेल रहेका थिए । कार्यक्रममा बोल्दै नेपाल जेसीज बर्ष २०१८ का राष्ट्रिय कार्यकारी उपाध्यक्ष रश्मी शिल्पकारले साप्ताहव्यापी अभियानमा सिर्जनशिल कार्यक्रम राखेकोमा बागलुङ जसिजलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल जेसिजको राष्ट्रिय कार्यक्रमलाई जिल्लातहसम्म गुणात्मक ढंगले परिणाम दिनेगरि अगाडि बढाएकोमा खुशी व्यक्त गरे । शिल्पकारले बागलुङ जेसिजलाई युवाहरुको उत्कृष्ट संगठन बनाउन सवैले मेहनत गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सत्यदेवी स्मृतिको कोषका संरक्षक तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकु श्रेष्ठ, प्रगतिकुमार श्रेष्ठ स्मृति कोषका प्रधानसंरक्षक डाक्टर कृष्ण बहादुर श्रेष्ठ, पर्वत जेसीजका अध्यक्ष राजन जोशी र बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्यामप्रसाद ओझाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बागलुङ जेसीजको तर्फबाट पत्रकार महासंघलाई रु ५,५५५सहयोग प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम माथि कार्यक्रमका मुल संयोजक बलबहादुर थापाले प्रकाश पारेका थिए । सो अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत यसअघि भएको सोलो बाईक रेश र अन्तरमावि नृत्य प्रतियोगिताको पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा सोलोवाईक रेशको पुरुशतर्फ उत्कृष्ट हुने निर्मल जिसी र महिलातर्फ उत्कृष्ट हुने सुश्मिता केसीलाई नगद रु ३÷३ हजार, ट्रफि र प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै नृत्य प्रतियोगिता प्रमथ हुने चिल्ड्रेनलाईफ बोर्डिङको टिमलाई नगद रु ५ हजार, द्वितिय हुने धौलागिरी बोर्डिङको टिमलाई ३ हजार र तृतिय हुने अमर आदर्शको टिमलाई रु २ हजार रुपैया प्रदान गरिएको थियो ।
कार्यक्रम बागलुङ जेसीजका अध्यक्षता अम्बिका बस्नेतको अध्यक्षता, निवर्तमान अध्यक्ष जोहन बज्राचार्यको स्वागत र सदस्य ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































