लायन्स क्लब अफ धौलागिरी, बागलुङले विद्यार्थीहरुलाई स्कुल डे«स तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको देउराली प्राथमिक विद्यालयमा अध्ययन गर्ने छात्रा छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित समुदायका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि अहिले लायन्स क्लब अफ धौलागिरिले नयाँ अभियान संचालन गरेको छ ।

विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीको लागि जोन चियर पर्सन लायन भरत शर्माको पहलमा ४० हजार बराबरको एक जोर स्कुल डे«स, झोला र शैक्षिक सामाग्री वितरण गरिएको थियो । सामाजिक भावनो े क्लबले उक्त विद्यालयमा अध्ययनर विद्यार्थीहरुको मनोबल उच्च बनाउन र सिकाई उपलब्धि बढाउन उक्त सामान हस्तान्तरण गरेको डिपार्टमेन्ट डिपुटि चिप लायन काजिमान गुरुडले बताए । 
विद्यालयमा लायन्सले दिएको डे«स र शैक्षिक सामाग्रीले विद्यार्थीलाई विघालयमा विघालयमा टिकाउन र नया विघार्थीलाई आकर्पित गर्न शैक्षिक मनोवल उच्च हुने विद्यालयका प्रधानाध्यापक राम बहादुर केसीले बताए ।
हामीले विद्यार्थीलाई आर्कषण गर्नका लागि कुनै माध्यम भेटाएका थिएनौं केसीले भने, ‘स्थानीय भरत शर्मा क्लवको अध्य बसन्त कुमारको पहलमा लायन्स क्लबले डे«स र शैक्षिक सामाग्री दिएको छ यसले विद्यार्थी टिकाउनका लागि ठुलो राहत हुने छ ।’ विद्यालयमा अधिकाशं विद्यार्थी गरिब तथा विपन्न परिवारका रहेको प्रअ केसीले बताए ।

झण्डै ४० हजार भन्दा बढिको शैक्षिक सामाग्री र डे«स हस्तान्तरण गरिएको छ । लायन्स क्लबले समाजमा नयाँ नयाँ गतिविधि गरेर थप प्रोत्साहन गरेको वडा अध्यक्ष धुव्र बहादुर केसीको भनाई छ । यस विघालयमा बागलुड नगरपालिका र सरोकारबालाहरको सहयोग ल्याएर नमुना विघालय बनाउन कोशिस गर्ने वडा अध्यक्ष शर्माले बताए ।

यस्ता गतिविधिले विद्यालयमा विद्यार्थीको पढाईलाई थप टेवा पुग्ने विश्वास लिएको उनले बताए । नर्सरी देखि कक्षा ३ सम्म संचालित विद्यालयमा अहिलेसम्म कुनै पनि निकायबाट सहयोग हुन नसकेको बताईएको छ ।
हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, विद्यालयका ब्यावस्थापन समितिका संस्थापक अध्यक्ष विजुला शर्मा, लायन भरत शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष लायन्स बसन्त कुमार श्रेष्ठको अध्यक्षता लायन राजन कुमार शाक्यको स्वागत र क्लबका सचिव मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































