१२ कार्तिक २०८३, बुधबार

 

ताराखोलामा सातसय बागाले थापा समाजको श्रदाञ्जली सभा

बागलुङको ताराखोला गाउपालिका वडा नं ३ होरामा आज श्रद्वाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङका कार्य समितिका सदस्य समाजसेवी डिल बहादुर थापाको ममतामयी माता स्वर्गीय पुर्णकली थापाको ७  औं दिनको पुण्यतिथीको अवसरमा उक्त कार्यक्रम गरिएको समाजले जनाएको छ ।

सो अवसरमा स्वर्गीय थापाको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाले शोक मन्तव्य राखेका थिए भनें घरपरिवारको तर्फबाट नरबहादुर थापाले धन्यवाद मन्तव्य राखेका थिए।

श्रद्वाञ्जली कार्यक्रममा बगाले थापा समाजका संरक्षक, संस्थापक, केन्द्रिय सदस्य, कार्यसमितिका पदाधिकारी र स्थानियको उपस्थिति रहेको थियो । स्वर्गिय थापाको गत भदौ १ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

श्रद्वाञ्जली कार्यक्रम परिवारका ज्येष्ठ सदस्य दल बहादुर थापाको अध्यक्षता र सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्मका पुर्व सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung