१२ कार्तिक २०८३, बुधबार

 

लोकमार्गको कामप्रति सांसद् पौडेलको चासो

प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेलले पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख तथा ठेकेदार सँग छलफल गरि लोकमार्ग निर्माण र स्तरबृद्धिको कामलाई गति दिन निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत हरेका पौडेलले बागलुङदेखि घोडाबाधे सम्मको सडकमा तत्काल कालोपत्रेको काम सक्न निर्देशन दिएका हुन् ।

छलफलमा उनले समय सिमाभित्र काम नभएको जोखिमपूर्ण यात्र गर्नुपर्ने बाध्यता भएको गुनासो जनताबाट आएको भन्दै उनले यात्र सहज हुने गरि काम अघि बढाउन आग्रह गरे ।

बागलुङदेखि बिहुँको १३ किलोमिटर कालोपत्रेको जिम्मा पाएको भारत सिदिशाह कम्पनी र बिहुँदेखि धोडाबाधे सम्म कालोपत्रे तथा हटिया सम्मको कालोपत्रे सडक मर्मत गर्ने जिम्मा पाएको एमपिएस इसिसि कम्पनीका ठेकेदारलाई भेटेर तत्काल कम अघि बढाउन आग्रह गरेको पौडेलले बताए ।
‘बागलुङदेखि बिहुँ हटिया सम्मको ३२ किलोमिटर सडक कालोपत्रे गर्ने समय सिमा अब ६ महिना बाँकी रहेछ,’ पौडेलले भने, ‘समय अवधिमै काम हुन नसके भने तपाईलाई नै समस्या पर्नसक्छ भनेर ठेकेदार कम्पनीलाई भनेका छौँ । जनताका आवश्कतालाई हेरेर बिकाश गर्नुपर्दछ यदि बिचमा कुनै समस्या आएमा स्थानीय सरकार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम गर्नु होला भनेका छौँ ।’

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले उक्त सडकको काम ५० प्रतिशत मात्रै भएको जनाएको छ । बिहुँदेखि हटिया सम्म सडकको ठेक्का २०७२ माग १० गते सडक स्तरउन्नति सँगै कालोपत्रेका लागि ३५ करोड ३९ लाख २ हजार ७ सय ५७ रुपैयामा लिएको थियो । तर समयसिमा ६ महिना बाकी रहेदापनि ठेकेदारले कामदारको अभावले काम रोकिएको बताएको छ ।

यता बागलुङदेखि बिहु सम्मको १३ किलोमिटर सडक कालोपत्रेको ठेक्का पाएको भारत सिदिशाह कम्पनीले ३९ करोड ७१ लाखमा ८७ हजारमा ६ सय अभिवृद्धि कर सहित २०७३ माघ १४ ठेक्का लिएको िथयो । उक्त कम्पनीले अहिले सम्म २० प्रतिशतमात्रै काम सकेको पाईएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पश्चिम दाङका प्रमुख सुर्यबहादुर भाटले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung