१२ कार्तिक २०८३, बुधबार

 

बागलुङमा ११ औँ पुस्तकालय दिवस मानईदै

बिद्यामन्दिर पुस्तकालय बागलुङले ११ अाै राष्ट्रिय पुस्तकालय दिवस बागलुङ सदरमुकाममा  बिबिध कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । समृद्ध पुस्तकालय सुदृढ समाज भन्ने मुल नारासाथ यहीँ भाद्र १३  गते देखि १५ गते सम्म भब्य र सभ्य रूपमा मनाउने निर्णय गरेको बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।

भाद्र १३ गते पुस्तकालय दिवसको नारा लेखेको ब्यानर प्रर्दशन गर्ने १४ गते  पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्माका बुबाको स्मृतिमा स्थापना गरिएको गंगा प्रसाद स्मृति काेष बाट  बागलुङ नगरपालिका स्तरीय माध्यमिक बिद्यालयका बिद्यार्थी बिच समृद्ध पुस्तकालय सुदृढ समाज बिषयमा बक्तित्वकला प्रतियोगिता गर्ने  भाद्र १५ गते मुल समारोह गरि पुरस्कृत बिद्यार्थी लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष राजभण्डारीले बताए ।

नेपालकै सबैभन्दा पुरानो सामुदायिक पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउनकाे लागि प्रदेश सरकार समक्ष कार्यक्रम पेश गरेर सहयोग माग्ने बैठकले निर्णय गरेको पुस्तकालयका सचिव राम थापाले बताए ।

२००३ सालमा स्थापना भएको बिद्यामन्दिर पुस्तकालय बागलुङले ३ बर्ष देखि बिधुतिय पुस्तकालय संचालन गरि पुस्तकालयमा निशुल्क सेवा दिदै अाएकाे  पुस्तकालयका पुस्तकाध्यक्ष मन्जु केसीले बताए । १२ हजार भन्दा बढी धार्मिक सामाजिक राजनीति देखि सबै खालको पुस्तक बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सबै खालको पाठकलाई सेवा दिदै अाएकाे पुस्तकाध्यक्ष केसीले बताए ।

पुस्तकालयकाे सहायक अंगकाे रूपमा रत्न श्रेष्ठ नेपाली बाङमय कक्ष र पुस्तकालय अाफैले सुबिधा सम्पन्न रूपमा बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung