धौलागिरी समाज, नेपालको शनिवार काठमाडौंमा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नेपाल सरकारका पूर्व मुख्य सचिव मुकुन्द शर्मा पौडेलको नेतृत्व धौलागिरी समाज नेपालको नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा सावित्री शेरचन, दिनानाथ पौडेल, भक्तराज भुसाल, केदारनाथ गौतम र महासचिवमा गोविन्द प्रसाद शर्मा रहेका छन् ।
त्यसैगरी सचिब कृष्णप्रसाद शर्मा, कोषाध्यक्ष एकनारायण उपाध्याय, सह कोषाध्यक्ष शिव शर्मा बास्तोला रहेका छन् । केन्द्रीय सदस्यहरुमा पदमनाथ सापकोटा, रमेश प्रसाद सुवेदी, हेमराज सुवेदी, डिलाराम सुवेदी, बिक्रम पान्डे, शक्तिलाल ज्वाराचन , ईश्वरीप्रसाद ढकाल, दिलीप पौडेल, गणेश केसी, दीपेन्द्र पौडेल, बद्रीनाथ गौतम, बुद्धिमान गौडेल, महेन्द्र पौडेल, ज्ञानेन्द्र आचार्य, शिव नारायण श्रेष्ठ, शिवराम शर्मा पौडेल, शिव प्रसाद कंडेल, खिमानन्द कंडेल, सरस्वती कुमारी शमा, भुमा देवी शर्मा, तारानाथ सापकोटा, आर बि अधिकारी, ईन्दिरा लामिछाने, किरण गौतम, बलभद्र ढकाल, पवन सुवेदी रहेका छन् । नवनिर्वाचित पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत डा. ज्ञानेन्द्र प्रसाद पौडेलले सपथ ग्रहण गराएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पूर्वाधार निर्माणमा तिब्रतासँगै धौलागिरी क्षेत्रको विकासको खोल्ने बताएका छन् । धौलागिरी समाज नेपालले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा तिमिल्सिनाले धौलागिरी अञ्चलमा कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले त्यस क्षेत्रको विकासको ढोका खुल्ने बताए ।
धौलागिरी क्षेत्रको विकासमा धौलागिरी समाज नेपालले अघि सारेका रचनात्मक अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । धौलागिरीको विकास र पर्यटन विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । धौलागिरी क्षेत्रबाट काठमाडौ आइ स्थायी तथा अस्थाई बसोबास गर्ने समाजसेवीहरुको सक्रियतामा धौलागिरी समाज नेपाल गठन भएको हो ।
कार्यक्रममा बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, पर्बत जिल्लाका पूर्व सांसद ऋषिकेश तिवारी ,बागलुङका पूर्व सांसद बलावती शर्मा, लायन्स क्लबका नेता सामाजिक अभियान्ता युक्तप्रसाद श्रेष्ठ, सल्लाहकार डा रामबहादुर केसी, उपाध्यक्ष दिनानाथ पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
त्यसैगरी मुस्ताङ सेवा समिति अध्यक्ष शक्तिलाल ज्वारचन, बागलुङका अध्यक्ष पद्यनाथ सापकोटा, पर्वतका अध्यक्ष बिक्रम पाण्डे, म्याग्दीका वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदीले मन्तब्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले धौलागिरी क्षेत्रको विकासमा यो समाज लागिपर्ने र कालीगण्डकी नदी सरसफाई अभियान सञ्चालन गर्ने बताए । कार्यक्रमको सञ्चालन महासचिव गोविन्द्रप्रसाद शर्मा र स्वागत उपाध्यक्ष दिनानाथ पौडेलले गरेका थिए ।



















































































































































































































