१२ कार्तिक २०८३, बुधबार

 

ताराखोलामा यसरी गरिन्छ महिनाको एक दिन श्रमदान

बागलुङको ताराखोला ताराखोला गाउँ पालिका का विभिन्न वडा मा जनप्रतिनिधि र स्थानीय हरु को जनश्रम द्वारा मोटर बाटो मर्मत गरिएको छ । सहिद मार्ग को प्रवेश बिन्दु काठेखोला गाउपालिका को बिहु त्रिशुलि चोक देखि वडा न ४ को गगिडाडा सम्म मुख्य सडक को मर्मत संगै विभिन्न वडा का साखा मोटर बाटो तथा केही स्थान मा गोरेटो बाटो समेत मर्मत गरिएको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत तोपलाल भुषाल ले जानकारी दिए ।

जस अन्तर गत वडा न १ मा करिब १६५ जना को सहभागीता मा विभिन्न स्थान मा मोटर बातो मर्मत गरिएको छ । कार्यपालिका सदस्य गौरी माया गुरुङ को नेतृत्व मा त्रिशुली चोक देखि बाघखोर सम्म को सहिद मार्ग वडा अध्यक्ष याम श्रीस को नेतृत्व मा सिउरे देखि भाट सम्म जनहित मार्ग र चगादी देखि गाउँ हुँदै माइथान सम्म को मोटर बाटो मर्मत गरिएको वडा न १ का अध्यक्ष याम बहादुर श्रीस ले जानकारी दिए ।

त्यसै गरि वडा न २ मा करिब १६० जना को सहभागी ता मा सहिद मार्ग अन्तर्गत को अर्गल सिले देखि पुवा धुने खोला सम्म को घुम्ती , पुवा घुने खोला घुम्ति देखि खल्डाडा सम्म साखा मोटर बाटो र भात खाने डाडा देखि होरसम्म को मोटर बाटो मर्मत गरिएको वडा अध्यक्ष भद्र बहादुर घर्ती ले बताए। यता वडा न ३ मा साबिक का वडा न ३,६,८ र ९ का करिब १५० जनाको सहभागीता मा घुस्मेली देखि प्रहरी कार्यालय सम्म को मोटर बाटो , मनिओल देखि काक्राखोर सम्म मोटर बाटो , हरि मा बि देखि इदि जोड्ने मोटर बाटो र लोटस बोर्डिङ देखि इदि जाने गोरेटो माटो मर्मत गरिएको र अन्य वडा का ले १२ गते जनश्रम गर्ने वडा अध्यक्ष दिल बहादुर बस्नेत ले जानकारी दिए ।

श्रमदानबाट मर्मत गरिएको सडक

त्यस्तै वडा न ४ करिब २९० जना को सहभागीतामा झाक्रीपानी डाडा देखि सगुबोट बतासे डाडा हुँदै गगिडाडा सम्म को सहिद मार्ग , डोगाडी नागबेली खोला मोटर बाटो र रिडि प्रा बि देखि लमि डाडा अस्मुखी मोटर बाटो मर्मत गरिएको वडा अध्यक्ष जित बहादुर खत्री ले जानकारी दिए । वडा न ५ ले भने वडा भेला गरि प्रत्येक महिना को अन्तिम शुक्रबार टोल टोल मा जनसहभागिता आबश्यक पर्ने ठाउँ मा जन श्रम गर्ने निर्णय गरेको वडा अध्यक्ष राम बहादुर रोका ले जानकारी दिए ।

मोटर बाटो मर्मतका का क्रम मा जोखिम पूर्ण ठाउँ हरु मा साेलिङ गरिएको खाल्डा खुल्डी पुर्ने , नाली कटाउने काम गरेको र पहिरो का कारण अबरुद्ध बनेका विभिन्न साखा मोटर बाटो हरु मा पहिरो हटाइएको गाउपालिका ले जनाएको छ । ताराखोला गाउँपालिका ले बार्षिक नीति तथा कार्यक्रम मा नै हरेक महिना एक दिन जन श्रम को निती बनाए को थियो । जनश्रम गर्ने गराउने कार्य मा जनप्रतिनिधि , कर्मचारी ,शिक्षक तथा स्थानीय हरुको उल्लेख सहभागिता हुने गरेको छ ।

धेरै जसो स्थानीय हरु आफ्नो ठाउँ को बिकास मा हामी आफै लाग्नु पर्छ भन्दै स्वतस्फूर्त रुपमा उपस्थित हुने गरेका र कतिपय ठाउमा एक घर एक ब्याक्ती अनिवार्य समेत गरिएको छ । कतिपय स्थानिय ले भने गाउँ पालिका ले जन श्रम को नीति लिएर जनता लाई सस्ती दिन खोजेको भन्दै असन्तुष्टि समेत जनाउने गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung