१२ कार्तिक २०८३, बुधबार

 

सामाजिक संजालमा नकारात्मक टिप्पणी नगर्न परिपत्र

ताराखोला गाउपालिकाले गाउँपालिका क्षेत्र भित्र सार्बजनिक पद धारण गरेका जुनसुकै ब्यक्तिले सामाजिक संजाल मार्फत नकारात्पमक टिप्पणी नगर्न भन्दै स्थानीय कार्यालयमा परिपत्र गरेको छ ।

पछिल्लो समयमा गाउँपालिका भित्रका सार्बजनिकपद धारण गरेका ब्यक्तिहरु बाटै गाउँपालिकाको बिकास, नीति कार्यक्रम बजेट र सेवा प्रवाहमा असर पुग्ने गरि सामाजिक संजाल मार्फत गाउँपालिका कार्यालय, जनप्रतिनिधि र कर्मचारीलाई नकारात्मक टीका टिप्पणी, गाली गलौज तथा अपशब्द प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकाले परिपत्र गरिएको गाउँपलिकाले जनाएको छ ।

गत श्रावण ३० गतेको गाउँकार्यपालिका बैठकले यस्ता खालका निन्दनीय कार्यले गाउँपालिकाको समृद्धिमा बाधा अबरोध हुने भन्दै परिपत्र गर्ने निर्णय अनुसार परिपत्र गरिएको ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल ले जानकारी दिए ।

गाउपालिका भित्रका सबै वडाकार्यालय , बिद्यालय, स्वास्थ सस्था, क्लब, आमा समूह र सहकारी सस्थाका प्रमुखलाई सम्बोधन गरि लेखिएको ताराखोला गाउँ कार्यपलिका को पत्रमा गाउँपालिकाको समग्र बिकासमा टेवा पुर्याउने गरि गाउँ पालिकाबासी बाट आउने सकारात्मक सल्लाह सुझाबको सधैं स्वागत गरिने तर नीति कार्यक्रम र सेवा प्रबाहमा समेत असर पुग्ने गरि नकारात्मक टिप्पणी नगर्न नगराउन अनुरोध गर्दै यस्ता कार्य दोहोरियमा प्रचलित कानुन बमोजिम कारबाही समेत गरिने उल्लेख गरिएको छ ।

उता कतिपय ले भने गाउपलिकाको यो निर्णयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनतात्मक चेतनालाई समेत कुण्ठित गर्न खोजेको भन्दै बिरोध जनाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung