काँठेखोला गाउँपालिकामा गरिबी परिचय पत्र वितरण गरिएको छ । गाउँपलिकाभित्रका आठ वटा वडाबाट गरिबी परिचय पत्र वितरण भएको प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिए ।
अति गरिबलाई रातो परिचयपत्र, मध्यम गरिबलाई पहेलो परिचयपत्र र सामान्य गरिबलाई निलो रङको परिचय पत्र प्रदान गरिएको हो । गाउँपलिका भित्रका समान २५२ जनाले रातो र पहेँलो तथा २०२ निलो गरि जम्मा ७०६ जनलाई गरिबी परिचय पत्र बितरण गरिएको हो ।
गरिबी परिचय पाएका नागरिकले के सुविधा पाउँछन ? भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष अमर थापाले अहिले तत्तकालै के सेवा सुविधा हुन्छ भन्ने स्पष्ट नभएको भन्दै सरकारले नीति बनाएपछि पाउने सेवा सुविधा बारे थाहा हुने बताए । कुनै न कुनै बिधि को माध्यम बाट नागरिकहरु सहयोग उपलब्ध गराउने बताए ।
परिचय पत्र दिने क्रममा कतिपय बास्ताविक गरिबले नपाएको स्थानीयले गुनासो गरेका छन् । यसबारे अध्यक्ष थापाले पाँच बर्षअघिको तथ्यङ्क भएकाले केहि त्रुटीहरु हुन सक्ने भन्दै थप अध्ययन गरेर समस्या भएको ठाउँमा सच्याउने प्रतिबद्धता जनाए ।



















































































































































































































