९ कार्तिक २०८३, आईतवार

 

बिमस्टेक सम्मेलन र माेदीकाे असफल विदेश नीति

राजेशचन्द्र राजभण्डारी 

नेपालीको राजधानी काठमाडौमा बिमस्टेक सम्मेलन  हुने अन्तिम तयारी चलिरहेको समयमा भारतका  प्रमुख प्रतिपक्षी  दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारत सरकारको नेपालसहित अन्य छिमेकी देशहरुसँगको नीति असफल भएको बताएका छन्।

युरोप भ्रमणमा रहेका भारतीय काङ्ग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बेलायतमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  भारत सरकारको विदेश नीति तदर्थवादमा चलेको बताएका छन् । यसका लागि उनले नेपाल, श्रीलंका र अफगानिस्तानसँग भारतको सम्बन्धको उदाहरण दिएर नेपाल भ्रमणमा अाउदै गरेका भारतीय प्रधानमन्त्री माेदी माथि तिखो प्रहार गरेका छन् ।

‘रणनीति निर्माणमा देखिएको कमजोरी भारतको विदेश नीतिको ठूलो समस्या हो, अहिले विदेश नीति तदर्थवादमा चलेको छ’, गान्धीले भने, ‘नेपाल, श्रीलंका, अफागानिस्तान सबैसँगको सम्बन्ध असफल भएको भनेर लण्डनमा पत्रकार सम्मेलन गरेर भन्नु चानचुने कुरा भने हैन ।
नेपालका राजनीति पार्टीका नेताहरूले भारत संग सिधै भन्न नसकेको बिषयलाई समेत काङ्ग्रेस अाई का अध्यक्ष गान्धीले
काठमाडौमा कुराकानी गर्न सहज बनाइ दिएका छन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी काठमाडौं आउनु केही दिनअघि मात्र विपक्षी नेता गान्धीले यस्तो टिप्पणी गरे यसबाट नेपाल लाई राजनीति रूपमा फाइदा भएको मान्न सकिन्छ । चार वर्षे कार्यकालमा ‘छिमेक पहिलो’ नीति लिएका मोदीले छिमेकी देशसँगकै सम्बन्ध बिगारेको र विदेश मामिलामा असफल भएको निष्कर्ष गान्धीले सुनाए जसले नेपाल माथि छिमेकी भारतीय शासक बर्गकाे दृष्टिकोण कस्तो हुदाे रहेछ भन्ने ज्वलन्त उदाहरण पनि हाे ।
‘मोदी नेपाल जान्छन् र एउटा कुरा भन्छन्, फर्केपछि अर्कै कुरा गर्छन्’, गान्धीले थपे, ‘न श्रीलंकासँगको सम्बन्ध राम्रोसँग सञ्चालन गर्न सकेका छन्, न त अफगानिस्तानसँग। चीनसँग पनि उस्तै समस्या छ।

साच्चै भन्ने हाे भने राहुल गान्धीले जुन बिषयमा टिप्पणी गरेका छन् त्यो सत्य नै हाे भन्ने देखिन्छ ।भारतीय प्रधानमन्त्री माेदी नेपालमा पहिलोपटक अाउदाखेरी भगवान गाैतम बुद्ध नेपाल मै जन्मिएका हुन भनेर ठूलो स्वरमा भाषण गरे जतिबेला नेपाली जनताले माेदीकाे जयजयकार गरे तर उनको त्यो बाेलि फेरियाे

जापान भ्रमणमा पुगेपछि शान्तिका दूत भगवान बुद्ध फेरि भारतीय भुमि मै जन्मिएको अभिब्यक्ति दिएर माेदी बाेलिकाे ठेगान नभएको राजनेता हाे भन्ने प्रमाण दिइसकेका छन् । नेपाली जनताको बलिदान बाट संविधान सभाबाट बनेको नेपाल काे संविधान प्रति भारतकाे असहमति संगै नेपाल माथि भएको अार्थिक नाकाबन्दी नेपाली जनताले अझैसम्म भुल्न सकेका छैनन् ।

अहिले भारतीय काङ्ग्रेस अाईका अध्यक्ष राहुल गान्धीले नेपाल मै बिमस्टेक सम्मेलन हुदै गरेको समयमा दिनुभएको अभिब्यक्तिले अहिले नेपालकाे राजनीतिमा  मात्र हैन अन्तर्राष्ट्रिय रूपमै नयाँ तरङ्ग उत्पन्न गरि दिएको छ ।गान्धीले अहिले अाफ्नै देशको बिदेश मन्त्री सुषमा स्वराजकाे भुमिका लाई पनि राजनीति ब्यग्य गरेका छन् ।

‘विदेश मन्त्री स्वराजले किन प्रवेशाज्ञाको काम गरेर बस्नु परेको छ?’, गान्धीले प्रश्न गरे, ‘विदेश मन्त्रीको काम भनेको विदेशनीति बनाउने र रणनीति तय गर्ने हो। यसका लागि सुष्मा स्वराज सक्षम पनि हुनुहुन्छ’, उनले थपे, ‘तर सरकारले उनको सही प्रयोग गरेको छैन। उनलाई सधैँ अपमान गरिएको छ। कतिसम्म भने, विदेशमन्त्री स्वराज प्रधानमन्त्री भ्रमण टोलीमा समेत राखिने गर्नु भएको छैन भनिएको छ । साच्चै यतिबेला नेपालकाे लागि राम्रो अबसर पनि छ अाफ्नै देशमा सम्मेलन हुनु यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
प्रायःजसो ठूलो राष्ट्रले यस्तो कार्यक्रम हुदाखेरी सहयोगकाे प्रतिबद्धता अपनाउने तर ब्यबहारमा भने लागू नगरेका धेरै उदाहरण हाम्रो सामुन्ने छन् यसलाई भने अब नयाँ ढंगले साेच्न जरुरी छ ।

बहुपक्षीघय प्राबिधिक तथा अार्थिक सहयोगका लागि बंगालकाे खादीकाे प्रयास (बिमस्टेक) नेपालमा हुनु सम्पूर्ण नेपालीको लागि खुशीकाे कुरा हाे यसलाई खाली अाैपचारिकतामा सिमित नगरीकन अवसरको रूपमा लिन जरुरी छ ।ब्यापार उर्जा र सडक संजालकाे कुरालाई लिपिबद्ध रूपमा अगाडि बढाउन सकेमा यसलाई उपलब्धि मान्नुपर्छ ।सार्क सम्मेलन हुन नसकिरहेको समयमा बिमस्टेक हुनु नेपालकाे लागि अवसर हाे भन्ने कुरा बुझेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung