ताराखोला गाउँपालिकाको वडा नम्बर–३ काँक्राखोरमा रहेको प्रगतिशिल युवा परिवारले यो वर्षको तीज सामान्य रुपमा मनाउने तयारी गरेको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा प्रत्यक वर्ष तीज विशेष कार्यक्रम गर्दै आएको युवा परिवारले यस वर्ष गाउँ शोकमय भएकाले रंगरमाईलो विनै तीज मनाउन लागेको हो ।
काँक्राखोर तथा आसपासका १८ जना स्थानीय आफन्तलाई एकै वर्षभित्र गुमाउनुपरेकाले रमालाईला खाले कार्यक्रम नगरि दिवंगतप्रति श्रदाञ्जली तथा शोकमग्न परिवारमा समवेदना व्यक्त गर्ने गरि तीज कार्यक्रम गर्न लागिएका क्लवका उपाध्यक्ष मन्दिप निउरेले जानकारी दिए ।
‘यो वर्षको तीनमा हामीले गाउँबाट ज्यान गुमाएका आफन्तहरुको आत्माको चिर शान्तिको कामनासहित परिवारजनमा समवेदना तथा धैर्यधारण गर्न शक्ने प्रेरणा प्रदान गर्ने गरि श्रदाञ्जली कार्यक्रम गरेर मनाउन लागेका छौँ,’ निउरेले भने, ‘त्यसैले हाम्रो यो तीज शोकमय रहेको छ । उनले यस्तो शोकमय कार्यक्रम भदौ २३ गतेलाई आयोजना गरिएको बताए ।



















































































































































































































