गलकोट नगरपालिका वडा नं ७ को आयोजनामा एकिकृत शैक्षिक योजना सम्बन्धि बृहत वडा भेला मल्म सप्ताहघाटमा आज सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाको प्रमुख आतिथ्यता रहेके भेलाले वडाका सम्पुर्ण सामुदायिक विद्यालयहरु समायोजन गर्ने, जनहित माविको कार्य क्षेत्र विस्तार गर्ने, आवश्यकता अनुसार प्राविधिक धारका कक्षाहरु सञ्चालन गर्ने, सडक र यातायातको सहज व्यवस्थापनसॅगै विद्यार्थीको लागि छात्रावास लगायतका विषयमा भेला सकरात्मक रहेको र केहिमा थप छलफल गर्न आवश्यकता रहेको भन्दै वडाले वडा , राजनैतिक दल, समाजसेवी, बुद्विजीवीको प्रतिनिधिमुलक भेला मार्फत अगाडि बढने निर्णय गरेको छ ।
बॉकी रहेका छलफल गर्नुपर्ने बुॅदामा विकल्प सहित वडामा लिखित प्रतिवेदन एक हप्ता भित्र बुझाउन मस्यौदा निर्माण समितिलाई वडाले अपिल गरेको छ ।
भेलामा वडा सदस्य मिना दर्जी, पदमा नेपाली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिनिधि छुम बहादुर थापा, नेपाली कॉग्रेसका सभापति चिरञ्जिवी मरासिनी, देउराली प्राविका प्रअ केहरसिंह थापा, दिपज्योति आधारभुत विद्यालय व्यवस्थापन सनितिका अध्यक्ष वसन्त क्षेत्री, प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा, महिला जागरण केन्द्रका उपाध्यक्ष थुम कुमारी थापा, पाण्डवखानी माविका प्रअ खिम बहादुर खडका, समाजसेवी रत्न बहादुर मल्ल, ज्ञानबहादुर थापा, डोलबहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा वडा सचिव महेन्द्र पौडेलले अवधारणा प्रस्तुत गर्नुभएको थियो भनें समाजसेवी राजकुमार दर्जीले सुझाव सहितको अपिल पत्र प्रस्तुत गर्नुभएको थियो । वडा भेला गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाको अध्यक्षता, वडा सदस्य लोक बहादुर थापाको स्वागत र घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































