१२ कार्तिक २०८३, बुधबार

 

काँठेखोला गाउँपालिकामा गरिबि परिचय पत्र वितरणको काम सम्पन्न

काँठेखोला गाउंपालिका का सबै वडाहरु गरिबि परिचय पत्र बितरण गरिसकिएको प्रसासकिय प्रंमुख खिम विश्वकर्माले जानकारी दिईएका छन् । प्रत्येक वडाहरुमा गएर वितरण गरिएको प्रसाकिय अधिकृतको भनाई छ ।

काँठेखोला गाउंपालिका ८ वटै वडाहरुमा बितरण गरिएको बताउदै अति गरिबि ,मध्यम गरिबि र सामान्य गरिबि गरि तिन किसिममा विभाजन गरिएको छ
रातो काड अति गरिबलाई, पहेलो मध्यम गरिब र निलो सामान्य गरिब गरि तिन किसिममा बर्गिकरण गरिएको छ । गाउंपालिका भरि अति गरिब २५२मध्यम गरिब२५२ र सामान्य गरिब २०२गरि ७०६जनलाई गरिबि परिचय पत्र बितरण गरिएको जानकारी दिईएको छ ।

सो अवसरमा गाउंपालिका अध्यक्ष अमर थापालाई गरिबि परिचय पाएका नागरिकलाई के के सेवा सुविधा हुन्छ भन्ने प्रश् मा जवाफ दिदै अहिले तत्तकालै के सेवा सुविधा हुन्छ भन्ने मा अन्योल रहेको बताउदै सरकारले कुनै न कुनै बिधि को माध्यमबाट नागरिकहरु सहयोग उपलब्ध गराउने बताए।

खास गरिबिहरु पनि छुटिएको पाईयो नि यस्मा तपाईलाई कस्तो लागेको छ भन्ने प्रश्नमा यो २०७०साल मा संकल गरिएको बिबरण भएकाले यस्लाई एउटा समिति बनाई बास्तविकता मात्र बुझेर लागु गर्ने अध्यक्ष थापा को भनाई थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung