१२ कार्तिक २०८३, बुधबार

 

राष्ट्रिय उद्योग व्यापार संगठनको अन्तरक्रिया ताराखोलामा

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन ताराखोला गाउँपालिकाको आयोजनामा चियापान तथा अन्तरक्रिया कार्यक्रम आज ताराखोलामा सम्पन्न भएको छ । स्वाधीन व्यावसायिक जागरण फैलाउने उदेश्य आयोजना गरिएको कार्यक्रममा ताराखोला गाउँपालिका भित्रका नेपाल राष्ट्रिय उद्योग तथा ब्यापार संगठनमा आबद्ध व्यावसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बागलुङ जिल्लाका उपाध्यक्ष ललित श्रीसले ताराखोला गाउँपालिका साधन स्रोतले सम्पन्न गाउँ पालिका भएकोले यहाँ भित्र व्यवसाय संचालन का लागि थुप्रै सम्भावना रहेकोले व्यवसायमा लाग्न सबैलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सचिवव बाबू डियर हमाल ,ताराखोला गाउपालिकाका राजनीतिक सल्लाहकार नरेश केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन ताराखोला गाउँपालिकाका अध्यक्ष खिम बहादुर घर्तीको अध्यक्षता , उपाध्यक्ष जग बहादुर छन्त्यालको संचालन र सदस्य कप बहादुर घर्तीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung