१२ कार्तिक २०८३, बुधबार

 

सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार पुरस्कृत

सृजनशिल पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका संवाददाता संगम धर्ती मगर पुरस्कृत भएका छन ।आदर्श संचार सहकारीको १२ औ साधारणसभा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पघमा अर्यालले पत्रकार धर्तीलाई प्रदान गरेको हो ।प्रशंसा पत्र ,दोसल्ला र नगद ५ हजारबाट पुरस्कृत गरिएको थियो ।

बागलुङको सिसाखानीमा जन्मिएका धर्तीले मुक्ति क्षेत्र दैनिक र सयपत्रि एफएमबाट आफ्नो पत्रकारिता यात्रा शुरू गरेका थिए ।सो पुरस्कार पत्रकार सन्तोष क्षत्री र सृजना पन्तले स्थापना गरेको हो ।यसै गरि आदर्श संचार सहकारीले पत्रकारहरू लक्ष्मण सापकोटा ,रामनारायण सुवेदी र बालकृष्ण सुवेदीलाई ५ हजार नगद,प्रशंसा पत्र र दोसल्लाले पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung