१२ कार्तिक २०८३, बुधबार

 

गलकोट एफ एमको दर खाने कार्यक्रम सम्पन्न

गलकोट एफ एमको दर खाने कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा रहेको गलकोट सुचना तथा सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित सामुदायीक रेडियो गलकोट एफ एमले आज एक कार्यक्रमका बिच सञ्चालक समिति, गलकोटमा भएका विभिन्न संद्य संस्थाका प्रमुख तथा प्रतिनिधि र कर्मचारी बिच सयुक्त रुपमा दर खाने कार्यक्रम गरेको हो ।

महिला सशक्तिकरणको सन्देश वोकेको नेपालीहरुको महान् चाड तीजलाई महिला अधिकार र सशक्तिकरणको चाडका रुपमा मनाउनुपर्नेमा उदेश्यका साथ रेडियोले समेत दर खाने कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष गुमानसिह बुढाथोकिले बताए ।

तीजे भाकाका नाउमा रत्यौली र दोहरी गीत सँगै विकृति विसंगति भित्रिएको प्रति चिन्ता व्यक्त गर्दै कुसंस्कारलाई निरुसाहित गरि अव सुसंस्कारको बिकास गनुपर्ने भन्दै कार्यक्रममा महिला सञ्चालक समिति, कर्मचारी तथा अन्य सहभागी महिलाहरुले विभिन्न किसिमका तिजका गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ४० जना बढिको सहभागीता रहेको थियो ।

दर खाने कार्यक्रम सँगै रेडियोले भाद्र २३ गते बृह्त गलकोट तिज उत्सवको समेत आयोजना गरेको छ । प्रत्येक बर्ष रेडियोले महिलाहरुको प्रतिभा उजागर गर्ने उदेश्यले तिज कार्यक्रम गर्ने गरेको संस्थाका सञ्चालक समिति सदस्य बुल बहादुर केसीले बताए । तिज उत्सवको तयारी समेत अन्तिम चरणमा पुगेको सदस्य बम बहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung