१२ कार्तिक २०८३, बुधबार

 

बुर्तिबाङ राईजिङ क्लबको अध्यक्षमा सोम पौवि निर्वाचित

बुर्तिबाङ राईजिङ युवा क्लबको नवौँ अधिवेशन तथा बार्षिक साधारणसभा
शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । अधिबेशनबाट समाजसेवि युवा सोम पौवि
यामु निर्विरोध सँस्थाको नवौँ अध्यक्ष पदमा मनोनित भएका छन् ।

केहि दिनदेखि अध्यक्ष पदमा दिपक कुमार अदै र सोम पौवी विच दावेदार रहेपनी
अदैले पछिल्लो समयमा आएर आफु क्लव अध्यक्षमा नउठ्ने मनस्थिती बनाएसँगै
पौवि निर्विरोध हुनुभएको छ । पौविकै अध्यक्षतामा १३ सदस्यि कार्य समितीको
गठन गरीएको हो ।

नवगठित अन्य पदादिकारीमा महिला उपाध्यक्ष मनकुमारी गैरे, पुरुष उपाध्यक्ष सुरज
बिसी, महासचिव गोपाल महत, सचिव शन्तोष भण्डारी, कोषाध्यक्ष टोप बहादुर
केशि प्रेम, निर्विरोध चयन भएका हुन् । त्यस्तै समितीको सदस्यहरुमा क्रमश
छविलाल गिरी, दिपक कुवँर, मोतिलाल विक, विकास भण्डारी, मदन गौचन, देब
कुमार सुनार, चुडामणि भुसाल चयन भएका छन् ।

निर्वाचित पदादिकारीले
आफनो कार्यकालमा क्लबलाई थप उचाईमा पुर्याउँदै समाज रुपान्तरण मुलक
अभियानमा जुट्ने प्रतिबध्धता जनाएका हुन् ।

आयोजित खुल्ला सत्रको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष लोकबहादुर भण्डारी
बिनोदको अधयक्षता, क्लबका सँस्थापक अध्यक्ष चन्द्रलाल अर्यालको प्रमुख आतिथता
रहेको कार्यक्रममा प्रमुख अतिथी अर्यालले बोल्दै बुर्तिबाङ राईजिङ युवा क्लब
द्धन्दकालको समयमा बुर्तिबाङ क्षेत्रमा बढो सँघर्षका साथ स्थापना भई हालसम्म
बिभिन्न समाज रुपान्तरण मुखि कार्य गर्दे आएको सँस्था भएको बताउँदै क्लबलाई
दिगो रुप दिन तथा समाज रुपान्तरण मुलक कार्यमा अगाडी बढ्न नँया कार्य
समितीलाई आग्रह गर्दे अवका दिनमा क्लबले खेलकुद सँगै सामाजिक कार्यलाई
समेत सँगै लिएर जानुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमका सभापति भण्डारीले बोल्दै आफुहरुले दुई बर्ष कार्यकालमा
खेलकुद क्षेत्रको बिकास सँगै समाज रुपान्तरण मुलक कार्यमा अथक प्रयास गरेको
बताए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष उत्तमबहादुर महत, मानार्थ सदस्यहरु
मेशलाल सर्मा, पुरन पाण्डे, हिरालाल पौडेल, दलबहादुर भण्डारी, राष्ट्रिय
प्रजातन्त्र पार्टिका निमबहादुर भण्डारी, सोम पौवि यामु लगाएतले मन्तव्य
राखेका थिए ।

त्यस्तै निवर्तमान क्लब कोषादक्ष मनकुमारी गैरेद्धारा आफनो कार्यकालमा
भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे आर्थिक बर्ष २०७४÷७५ मा १४ लाख ६४
हजार, २ सय ५५ आम्दानी मध्ये १२ लाख ५७ हजार, ५ सय ४६ रुपैया खर्च भएको
बताईएको थियो ।

आम्दानी मध्ये ११ लाख ८२ हजार रकम उठिसकेको र उतm रकममा क्लबका
पदादिकारीले ९० हजार ५ सय ७८ रुपैया सँकलन गरी खर्च रकममा प्रयोग गरीएको र
बाँकि २ लाख ८२ हजार २ सय ५५ रुपैया बोल रकम उठ्न बाँकि रहेको बताउनु
भयो । क्लबका पदादिकारी, पत्रकार, राजनैतिक दल, मानार्थ सदस्य, साधारण सदस्य
लगाएतको उपश्थिती रहेको कार्यक्रम क्लब उपादक्ष बुद्धजँग सिर्पालीको स्वागत
सचिब भरत कुँवरको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung