१२ कार्तिक २०८३, बुधबार

 

घुम्टे युवा परिवारको दरखाने र खुल्ला नाचगान सम्पन्न यसरी नाचे दिदीबहिनीहरु ।

गलकोट नगरपालिका नगर कार्यपालिका सदस्य कमला ढकालले तीज पर्वलाई संरक्षण गर्न सबैको योगदान हुनुपर्ने बताउनु भएको छ। तीजको मौलिकता हराउॅदै भएको भन्दै त्यसमा सबै सचेतहुनुपर्ने ढकालको भनाई थियो । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले हरितालिका तीजको शुभ अवसरमा आयोजना दरखाने कार्यक्रमलाई सम्बधोधन गर्दै उहॉले यस्तो बताउनु भएको हो ।

लोपोन्मुख कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ आयोजित दरखाने तथा नाचगान कार्यक्रममा गलकोट प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिका वडा नं ७ का महिला सदस्य मिना दर्जी, महिला जागरण केन्द्र मल्मका उपाध्यक्ष थुम कुमारी थापा, गलकोट नगरपालिका वडा नं ५ का महिला समाजसेवी विष्णु कॅडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका भित्रका महिला जनप्रतिनिधी, महिला समाजसेवी, वडा नं ७ भित्रका महिला समुहमा आवद्व दिदीबहिनीहरु, समाजसेवी, शिक्षक बुद्विजीवी गरि झण्डै ३०० जनाको सहभागिता रहेको थियो । सो अवसरमा महिला दिदीबहिनीहरुलाई सामुहिक दर खुवाउने कार्य समेत सम्पन्न गरिएको थियो । सो अवसरमा कार्यक्रम प्रायोजक गलकोट नगरपालिका ७ मल्म हाल पोखरा निवासी जमुना थापा र अनिता थापालाई सम्मान गरिएको थियो ।

दरखाने कार्यक्रममा महिला दिदीबहिनीहरुले मौलिक गीतमा खुल्ला सामुहिक नाचगान समेत गरेका थिए । दरखाने कार्यक्रम समाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, सदस्य टिका साहानीको स्वागत र सदस्य ज्योति थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung