१२ कार्तिक २०८३, बुधबार

 

गलकोट  चित्रेथुममा घरगोठमा आगलागी

गलकोट बॉसखोला चित्रेथुममा घरगोठमा आगलागी भएको छ । स्थानीय बिनबहादुर विश्वकर्माको घरगोठमा आगलागि हुॅदा घरमा भएका लत्ताकपडा, अन्नपात र अन्य सामाग्री जल्दा झण्डै ३ लाख बराबरको क्षति भएको वडा नं ९ का वडा अध्यक्ष तेजबहादुर थापाले जानकारी दिनुभयो ।

राती करिब ९ बजेको समयमा खाना पकाएर रहेका केहि आगोको झिल्कोले उक्त आगोलागी भएको पिडित विकले जानकारी दिए । आगो स्थानीयको सहयोगमा राती १० बजे नियन्त्रणमा आएको थियो । आगलागी हुॅदा विककी बुहारी दुर्गा विश्वकर्मा घाईते भएकी छिन । घाईते विकको पोलिक्लिनिक प्रालि हटियामा उपचार भईरहेको छ ।

घाईतेको कम्मर मुनिको भाग जलेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । घाईते विकको स्वास्थ्य अवस्था बुझ्न गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे अस्पताल पगेका थिए । नगर प्रमुख गैरेले नगरको तर्फबाट तत्काल प्राथमिक उपचार स्वरुप नगद रु १५ हजार र १ थान त्रिपाल उपलब्ध गराउनु भएको छ ।

आगलागीबाट गोठमा रहेको भैंसीको शरिरको पछिल्लो भाग समेत जलेको र आजै पशु सेवा केन्द्र कॉडेबासको सहयोगमा उपचार गरिएको पारिवारिक श्रोतले जनाएको छ । घटनाको वडा अध्यक्ष तेजबहादुर थापा र ईलाका प्रहरी कार्यालयको टोलिले स्थलगत अवलोकन गरि मुचुल्का समेत तयार पारेको वडा कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणको क्रममा रत्नबहादुर विक समेत घाईते हुनुभएको थियो । घाईते विक सामान्य उपचार पछि घर फर्किनुभएको छ । आर्थिक अवस्था कमजोर रहेको विक परिवारले सहयोग गरिदिन सबैमा अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung