१२ कार्तिक २०८३, बुधबार

 

गलकोट मल्मको ऐतिहाँसिक नाच्ने डाँडामा बृहत तीज मेला सम्पन्न

महिला जागरण केन्द्र गलकोट नगरपालिका मल्म बागलुङका अध्यक्ष तथा महिला समाजसेवी ललिता थापाले मौलिक तीज पर्व मा मौलिकता हराउॅदै गएकोले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने बेला आएको बताएकी छिन् । विकृति, विसङगति र तडक भडकलाई न्यूनिकरण गर्नुपर्ने थापाले बताए । सामाजिक क्षेत्रमा दिदीबहिनीहरुको पहिले भन्दा सहभागिता बढदै गएको प्रति प्रशंसा गर्दै आगामी दिनमा अझ दरिलो रुपमा प्रस्तुत हुनु पर्ने थापाको भनाई थियो ।

नाच्ने डॉडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको बृहत ऐतिहॉसिक तीज मेलालाई सम्बोधन गर्दै यस्तो बताकि हुन् । मेलाको अवसरमा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा १२ समुहको सहभागिता भएकोमा जनजागृति माध्यमिक विद्यालय कॉडेबास प्रथम, सिर्जनशिल महिला समुह आगॉखेत द्वितिय, ममता युवा कल्व बॉसखोला तृतिय शिव माध्यमिक विद्यालय राजबगर र जनजागरण महिला सुमुह बॉसखोला सान्तवना भएको छ ।

मेलामा प्रत्येक वर्ष गरिने अभिनन्दन अन्तरगत आगन्तुक चेलीमा गलकोट नगरपालिका वडा नं ७ सिरबारेका ८२ वर्षिय हरिकला केसी, ज्येष्ठ महिला अन्तरगत सिरबारेका ८५ वर्षिय श्यामकली दर्जी र सकृय महिला समाजसेवीमा पदमा नेपालीलाई अभिनन्दन गरिएको छ । सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का महिला सदस्य मिना दर्जी र शिद्वेश्वर शिवालय सेवा समिति मल्मका सचिव चिरञ्जीवी मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो । मेलामा सो डान्स, सामुहिक नाचगान गरिएको थियो । त्यस्तै प्रायोजक, सहयोगदाता र अक्षयकोषकर्तालाई सम्मान गरिएको थियो ।

बृहत तीज मेला नाच्ने डॉडा संरक्षण गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षता, सदस्य सबिता मरासिनीको स्वागत र सचिव कोपिला थापा र हरिकला सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोटको ऐतिहाँसिक नाँच्ने डाँडामा परापुर्वकाल देखि हरितालिका तीजमा मेला लाग्ने गर्दछ । पहिले पहिले दिदीबहिनीहरु यस डाँडामा तीजको दिन जम्मा भएर नाच्ने गरेकोले यसको नाम नाच्ने डाँडा रहन गएको बुढापाका बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung