बागलुङ नगरपालिका ६ भान्सा गाउलाई सफा राख्ने उद्देश्यले भान्सा सेवा समाज जापानले फोहोर संकलन गर्ने डस्विन हस्तान्तरण गरेको छ । भान्सा सेवा समाज जापानको आर्थिक सहयोग तथा भान्सा सेवा समाज भान्साको संमन्वयनमा डस्विन वितरण गरिएको वताईएको छ । यस गाउका ६ टोललाई १२ बटा, सदाशिव प्रा.वि.लाई १ वटा र विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटलाई ३ वटा गरि जम्मा १६ थान डस्विन वितरण गरिएको भान्सा सेवा समाजका अध्यक्ष शालिकराम सापकोटाले वताए ।
गाउमा जथाभावी फोहोर फाल्नाले गाउ कुरुप तथा दुर्घन्धित बन्दै गएकाले यसलाई नियन्त्रण गरी भान्सा गाउलाई सफा तथा सुन्दर वनाउने उद्येश्यले डस्विन वितरण गरिएको भान्सा सेवा समाज जापानले जनाएको छ । बानपा ६ का वडा अध्यक्ष खिमराज सापकोटा, भान्सा सेवा समाज जापानका प्रतिनिधि भिम प्रसाद सापकोटा र भान्सा सेवा समाज भान्साका अध्यक्ष शालिकराम सापकोटाले टोलका अध्यक्षहरुलाई ‘हाम्रो भान्सा राम्रो भान्सा’ लेखिएका डस्विन हस्तान्तरण गरेका थिए । कार्यक्रममा वोल्दै वडा अध्यक्ष खिमराज सापकोटाले कर्मभुमिवाट जन्मभुुमीलाई सभ्य तथा सुन्दर वनाउनको लागि डस्विन वितरण गर्नु श्रहानिय कार्य भएको र भान्सा सेवा समाज जापानले लिएको उद्येश्यलाई सफल बनाउन हरेक नागरिकको दायित्व भएकाले यसको सहि सदुपयोग गर्नुपर्ने वताए ।
सेवा समाज भान्साका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष देविप्रसाद सापकोटा तथा संचालन नारायणदत्त सापकोटा ‘प्रकाश’ले गरेका थिए ।



















































































































































































































