१२ कार्तिक २०८३, बुधबार

 

गलकोटमा भारतीय कवाडी व्यवसायीलाई अपहरणपछि कुटपिट

गलकोटमा भारतका एक नागरिकलाई गलकोट चरौदीका युवाहरुले सामुहिक कुटपिट गरेका छन । शुक्रबार राति करिब ९ बजेर ४५ मिनेटको समयमा काठेखोला गाउपालिकाको बिहुमा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी भएर गलकोट फर्कदै गरेका गलकोट नगरपालिका वाड नम्बर ६ का करिब १२ जना युवाहरुले भारतको मोतिहारी घर भई हाल गलकोटको हटियामा बस्दै आउनुभएका राम बाबु कुमारलाई निर्धात कुटपिट गरेका छन ।

श्रीमति सँगै सुतिरहेका कुमारलाई एक्कासी सन्तको दाई हुम भनि ढोका खोल्न लगाई मुख रुमालले छोपिदिएर पिकअप गाडिमा राखि गलकोट नगरपालिका वाड नम्बर ११ रिघाको जंगलमा लगि निर्धात कुटपिट गरि फालिदिएको पिडितको भनाई छ । २ ओटा पिकअप गाडिमा आएको टोलिले कुमारलाई अपहरणको शैलिमा लगेर निर्धात कुटपिट गरेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मन बहादुर बिकले बताए ।

अपहरण गरे लगतै साथीहरुले अज्ञात समुहले जबरजस्ति कुमारलाई प्रक्राउ गरेको जानकारी गराए लगतै प्रहरी र स्थानीये खोजि कार्य सञ्चालन गरे ।

खोज्दै गर्दा अपहरण परेको करिब २,३ घण्टापछि गलकोट नगरपालिका वाड नम्बर ५ भैसेको मोटरएवल पुलमा तलदेखि पिकअप गाडि आयो, उक्त गाडिमा गलकोट चरौदीका युवाहरु थिए । त्यसमध्ये एक जना पार्वति माद्यामिक बिद्यालयका शिक्षक गजेन्द्र नेपाली गाडिबाट ओर्लिएर भाग्दै गर्दा प्रहरीले मोटरएवल पुल नजिकबाट प्रक्राउ गरेका थियो ।

त्यसपछि उक्त पिकअप गाडिमा सवार चरौदीकै तेजिन्द्र नेपालि, गोबिन्द्र नेपालिलाई हटियाको गणतन्त्र चोक वरपरबाट लुकिरहेको अवस्थामा प्रक्राउ गरिएको हटिया प्रहरी चौकिका प्रमुख टेक बहादुुर थाडाले जानकारी दिनुभयो ।

त्यस्तै ध १ ज ५५० नम्बरको पिकअप जिपका चालक चरौदीका प्रेम दमाईलाई भने हटियाको ब्रहमकुमारी ईश्वरीय बिश्वबिद्यालयबाट बोहोराफाँट जादै गर्दा प्रक्राउ गरिएको चौकिले जनाएको छ । प्रक्राउ परेकाहरुलाई सोधपुछ गर्दै गर्दा आफुहरुले कुमारलाई रिघाको जंगलमा लगेर कुटपिट गरेको भन्ने जानकारी गराएपछि प्रहरी र स्थानियको टोलि घटनास्थलमा पुगेको थियो । खोज्दै जादाँ करिब रातको २ बजे कुमार जंगलमा फेला परेका हुन ।

कुमारले आफु सुतिरहेको अवस्थामा सन्त दाई हुम भनि ढोका खोल्न लगाएको र ढोका खोलिसकेपछि रुपक दाईले बोलाउनुभएको छ भनि जवजस्ति मुखका रुमाल बानि जंगलमा लगी सामुहिक रुपमा कुटपिट गरेको बताउनुभयो । कुमारको सबैभन्दा बढि अनुहारमा चोट लागेको छ । शरिरका प्रत्येक अंग अंगमा निर्धात रुपमा हात र खुट्टाले पालैपाले कुटेको उहाँको भनाई छ ।

अपहरण गरि कुटपिट गर्ने १२ जनामध्ये ४ जना प्रक्राउ परे पनि अर्को पिकअप गाडि सँगै चरौदीकै रुपक पाण्डे, राजकुमारी नेपालि र अन्य ब्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ । एउटा पिकअप गाडि समातिएपनि अर्को पिकअप गाडि र फरार ब्यक्तिहरुको खोजि कार्य तिब्र पारिएको छ । प्रक्राउ परेकालाई आजै जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । उनिहरुलाई प्रक्राउ गरे लगतै ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

यता पिडित कुमारको भने हटिया स्थित आरोग्य अस्पतालमा उपचार भैरहेको र अहिले उहाँको अवस्था सामान्य रहेको डाक्टर टंक चालिसेले बताउनुभयो । सामुहिक रुपमा लामो समय सम्म कुटपिट गरेका कारण भित्र चोट देखिन सक्ने भन्दै सिटि स्क्यानका लागी पोखरा पठाईने चालिसेको भनाई छ । पिडित कुमारले गलकोटमा कवाडि संकलन गरि बिक्रि बितरण गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung