१२ कार्तिक २०८३, बुधबार

 

सुख्खा पहिरोका कारण बागलुङमा दुई घर पुरियो – मध्यपहाडि लोकमार्ग अवरुद्ध

बागलुङको वडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतुरे भन्ने स्थानमा गय राति ११ बजे गएको सुख्खा पहिरोका कारण पश्चिम बागलुङको जनजिवन प्रभावित बनेको छ ।

मध्ये पहाडि लोकमार्ग देखि करिब ५ सय मिटर माथिदेखि खसेको पहिरोका कारण बडिगाड नदि करिब पौने ६ घण्टा पुर्ण रुपमा थुनिँदा ढोरपाटन नगरपालिकाको वडा नँ २ सिमलचौर क्षेत्रमा जलमग्न हुनुका साथै दुई घर, चार बँगालो पुरिनुका साथै गोठमा बाँदिएको चुडा बहादुर कुमालका ३ वटा गोरु पानीमा ढुवेर मरेका छन् ।

त्यस्तै स्थानिय देविराम कुमाल, कृष्ण बहादुर कुमालको घर सहित ३ वडा गोठ , एक फर्म पुर्ण रुपमा डुबानमा परेको हो । चड्यान सहित खसेको बिशाल पहिरोका कारण मध्यपहाडी लोकमार्ग पुर्ण अवरुद्ध हुँदाबागलुङ —बुर्तिबाङ, बुर्तिबाङ —बुटवल सडक खण्ड अवरुद्ध हुँदा गन्तव्यका लागि सवार यात्रु , तथा माल वाहक सवारीका साधन अलपत्र परेका छन् ।

त्यस्तै बिहान करिब ६ बजेदेखि पहिरोको भाग केहि खुलेसँगै नदिले आफनो गन्तव्य खुल्लागर्दै जानथाले सँगै डुवान क्षेत्र खुल्दै जान थालेको ईलाका प्रशाशन प्रमुख जनक थापाले बताएका छन् । घटना घटेलगत्तै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल , प्रहरी , नेपाली शेना लगाएतको टोलीले घटना स्थलको निरीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung